यस्तो छ साताको अन्तिम दिन विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस् कुन देशको कति पुग्यो ?



काठमाडौं, २४ असार:

नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि एक अमेरिकी डलरको खरिददर १२६।३९ पैसा र विक्रीदर १२६।९९ पैसा तोकेको छ ।

पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ ।

यस्तैगरी युरो १ को खरिददर १२९।०१ पैसा र विक्रीदर १२९।।६२ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६।४९ पैसा र विक्रीदर ८६।९० पैसा रहेको छ ।

जापानी येन १० को ९।३० पैसा रहेको छ । विक्रीदर ९।३४ पैसा रहेको छ । यस्तै, चइनिज युआन १ को १८।८६ पैसा विक्रीदर १८।९५ पैसा रहेको छ ।
कतार रियाल १ को ३४।६० पैसा रहेको छ । विक्रीदर ३४।७७ पैसा रहेको छ । साउदी अरब रियाल १ को खरिददर ३३।६७ र विक्रीदर ३३।८३ पैसा रहेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्