के तपाई सुनचाँदी किन्दै हुनुहुन्छ ? यस्तो आजको सुनको भाउ



काठमाडौं, २४ असार

नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुन प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।

बिहीबार चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेर ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको भाउ प्रतितोला ११ सय ८५ रुपैयाँ कायम थियो ।

कृषि विकास बैंकमा रोजगारीको अवसर:कृषि विकास बैंकले विभिन्न तहमा काम गर्ने १५२ कर्मचारीको माग गरेको छ ।

बैंकले शुक्रबार एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो । बैंकले प्रशासनतर्फ शाखा प्रमुखमा पाँच, व्यवसाय अधिकृत ४७, कम्प्युटर अधिकृत १७, सिभिल इन्जिनियर तीन, कर्जा अधिकृत १२ जना र व्यवसाय सहायकमा २३ जनाका लागि आवेदन खुला गरेको छ ।

यस्तै, बैंकले कानुन सहायक ६, ऋण सहायक पाँच, लेखापाल ३४ जना कर्मचारी माग गरेको छ । बैंकका अनुसार दरखास्त फारम अनलाइनबाट भर्न सकन्छ । दरखास्त १२ साउनसम्म अनलाइनबाटै दिन सकिनेछ । यता, १९ साउनसम्म भने दोब्बर दस्तुर तिरी दरखास्त दिन सकिनेछ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्