गोली लागेर ढलेका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको अवस्था नाजुक, चिकित्सक भन्छन् बचाउने अन्तिम प्रयास जारी छ



काठमाडौं २४ असार ।

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको स्वास्थ्य अवस्था नाजुक रहेको छ । नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो ।

छातीमा गोली लागी भुईमा लडेका उनलाई तत्कालै नारा युनिभर्सिटीको अस्पताल लगिएको थियो । गोली प्रहारबाट गम्भिर घाइते भएका आबेलाई बचाउने हरसम्भव कोसिस गरिरहेको त्यहाँका प्रधानमन्त्री फुमिओ किशिदाले बताएका छन् । आबेलाई गोली हान्ने ४१ वर्षीय यामागामी तेत्सुआलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

बुढीगंगा नगरपालिकामा मतगणना सुरु, जहाँ दोस्रो पटकको मतदानमा ६७ प्रतिशत मत खसेको थियो : बाजुराको बुढीगंगा नगरपालिकाको बिहिबार भएको मतदानको गणना सुरु भएको छ । शुक्रकार बिहान बसेको सर्वदलीय बैठक पछि वडा नम्बर ५ मा रहेको भानोदय माविमा गणना थालिएको हो ।

वैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचन आयोगले बाजुराको बुढीगंगा नगरपालिकामा नेतृत्व चयनका लागि पुन निर्वाचनको मिति तोकेको थियो । सम्पन्न निर्वाचनमा ६६.८३ प्रतिशत मत खसेको छ ।

यस नगरपालिका प्रमुखमा एमालेबाट रामबहादुर बानिया र गठबन्धनबाट रंग खातीको उम्मेदवारी परेको छ । उपप्रमुखमा भने एमालेबाट मनाकुमारी खड्का र गठबन्धनबाट रिता शाहीको उम्मेदवारी रहेको छ ।

अब सवारी साधनमा सायरी र गजल लेख्न नपाएने : काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी साधनमा लेखिएको अश्लील, अपाच्य, गाली, कानूनविपरीत तथा समाजमा विकृति ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाइ र लेखहरूलाई हटाउने अभियान सञ्चालन गरेको छ ।

सवारीका विभिन्न भागमा लेखिएका त्यस्ता सामग्रीले चालकको ध्यान मोडिन गई दुर्घटना निम्त्याएको पाइएपछि काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले उक्त अभियान थालेको जनाएको छ ।

नेपालको कानूनविपरीत महिला, बालबालिका, सीमान्तकृत समुदायलाई अपमान र अवहेलना गर्ने गरी कुनै पनि लेख रचना, कविता, सायरी वा कुनै पनि प्रकारका सामग्री प्रचारप्रसार गर्न वा लेख्न नपाइने भएकाले यसलाई अभियानकै रूपमा सञ्चालनमा ल्याइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

अश्लील लाग्ने र द्विअर्थी लेखहरुले सामाजिक र मानसिकरूपमा खलल पुर्याउने, हिंसा र विकृति बढाउने र सडक सभ्यतामा पनि आँच पु¥याउने भएकाले त्यस्ता गतिविधि रोक्नतर्फ ट्राफिक प्रहरी लागिपरेको हो ।

सवारीको सिसामा स्टिकर वा अन्य कुनै प्रचार सामग्री नटाँस्न पनि ट्राफिक प्रहरीले चालकहरूलाई सुसूचित गरेको प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिनुभयो ।

उहाँका अनुसार ट्राफिक प्रहरीले चालक आसपास क्याबिनको भागमा सजावटका लागि झल्लरलगायतका सामग्री तथा म्युजिक सिस्टम क्याबिनमा राख्न पनि रोक लगाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्