किन एक्कासी रोमानिया उडे नायिका आँचल शर्मा र हिमेश पन्त ?



काठमाडौं –

‘वर एण्ड वधु’को छायांकन का लागि नायिका आँचल शर्मा र हिमेश पन्त रोमानिया उडेका छन् ।टर्किस एयरलाइन्सबाट रोमानिया प्रस्थान गरेको टोलीमा नृत्य निर्देशक कविराज गहतराज र सहअभिनेत्री सृष्टि खड्का समेत छन् ।

निर्देशक मिलन चाम्स, अभिनेता विवेक कर्माचार्य र छायांकार सुदीप बराल गत साता नै त्यसतर्फ लागिसकेका छन् ।

प्रेम र विवाहको कथावस्तुमा फिल्म बन्ने बताइएको छ । १५ दिन रोमानियाको राजधानी बुकारेस्टमा फिल्मको छायांकन हुने र त्यसपछिको बाँकी छायांकन नेपालमा हुने बताइएको छ ।

ही फिल्मबाट डेब्यु गर्न लागेका कमेडी च्याम्पियन पन्तले यसमा गैरआवासीय नेपालीको भूमिकामा अभिनय गर्न लागेका छन् भने फिल्ममा आँचल र विवेकले जोडी बाँध्दैछन् ।

फिल्ममा विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, किरण केसी, बुद्धि तामाङ, रविना केसी र सृष्टि खड्काको समेत अभिनय रहनेछ ।

फिल्म नेपाली र हिन्दी भाषामा निर्माण हुने छ । फिल्मलाई प्रदीप भारद्वाजले लेखेका हुन् । एलआरके इन्टरटेनमेन्टले निर्माण गर्ने फिल्मको बजेट तीन करोड रुपैयाँ बताइएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्