२ तला माथिबाट खसेर कृष्णको घटनास्थलमै मृत्यु



पोखरा । पोखरामा रङ लगाउदै गरेका मजदुरको २ तला माथि बाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा ४० बर्षीय कृष्ण बहादुर राना मगर रहेका छन । सिन्धुली घर भएका उनी पोखरा १७ घारीपामटनमा बस्दै आएका थिए ।

निर्माणधीन घरमा रङ लगाएर टाउको उठाउने क्रममा उनलाई विधुतको हाइटेन्सन लाइनले छोएपछि करेन्ट लागेर २ ताला माथिबाट खसेका थिए । मगरले पोखरा महानगरपालिका वडा नं. ५ प्रस्याङ खुँडेपोखरी नजिकै रहेको निर्माणाधीन घरमा रङ लगाउने क्रममा करेन्ट लागेको थियो ।

यस विषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

भारतले पेट्रोलमा प्रतिबन्ध लगाउने …… : संसारभरि महंगी बढिरहेको बेलामा तेलको भाउ पनि आकासिएको छ । यसैबीच भारतका केन्द्रीय परिवहन मन्त्री नितिन गडकरीले बिहीवार ठूलो बयान दिएका छन् ।

पेट्रोल र डिजेलको मूल्य लगातार बढिरहेकाले आगामी पाँच वर्षमा भारतमा पेट्रोलमाथि प्रतिबन्ध लगाइने उनले बताए । डा पंजाबराव देशमुख कृषि विश्वविद्यालयको ३६औं दीक्षान्त समारोहमा बोल्दै गडकरीले बायो इथेनोल उपयोग गरिएका वाहनहरू प्रयोगमा ल्याइने बताए।

यस हरित अक्सिजनलाई इनारको पानीबाट बनाउन सकिने र ७० भारु प्रतिकिलोको हिसाबमा बेच्न सकिने उनको भनाइ छ । इथेनोलका बारेमा निर्णय लिँदा देशमा २० हजार करोड भारुको बचत भएको उनको भनाइ छ । निकट भविष्यमा दुईपांग्रे र चारपांग्रे वाहनमा ग्रीन हाइड्रोजन, इथेनोल र सीएनजी लगाइने अनि पेट्रोल र डिजेललाई क्रमशः विस्थापित गरिने गडकरीले बताए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्