आफ्नो साथीलाई बाढीले बगाएपछि ज्यानको माया मारेर यी युवकले यसरी बचाए आफ्नो साथीलाई, हेर्नुहोस पुरा भिडियो



एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल छ । जहाँ एउटा केटा बाइक चलाएर जाँदै गर्दा एउटा खोलाले बाइक बगाई दिन्छ । उसलाई पनि खोलाले बगाउन खोज्छ।

पानिको फोर्स यति धेरै हुन्छ जहाँ ऊ निस्किन सकेको हुँदैन र बाढीले बगाउन खोज्छ त्यति बेला किनारमा रहेको उसको साथीले उसलाई आफ्नो ज्यानको पर्वाह नगरी उसलाई बचाउँछ।

यो पनि, अविरल वर्षाका कारण आएको बाढीले झापामा एउटा पुल बगाएको छ भने एउटामा क्षति पुगेक छ । झापाको भद्रपुर नगरपालिका–१० स्थित भित्री सडकखण्डमा रहेको चैतुवारी–चैतुपारी जोड्ने करिब १२ मिटरको सेती पक्की पुल बगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यस्तै अविरल वर्षाका कारण गौरीगञ्ज गाउँपालिका–१ कुञ्जिबारीस्थित हुलाकी राजमार्गअन्तर्गत बनियानी खोलामा रहेको पक्की पुलको पश्चिमतर्फको मुखको एकातिर कालोपत्रभन्दा भित्रको आधा भाग खाल्डो परेको छ । पुलमा थप क्षति हुन नदिन ठूला सवारीसाधन आवतजावतमा रोक लगाइएको छ ।

यता जिल्लाका विभिन्न स्थानमा वर्षाका कारण विस्थापित भएका घर फर्किन थालेका छन् । गाउँबस्तीमा बाढी पसेर र पानीको सतह बढ्दै गएपछि विस्थापित भएका २८९ परिवारमध्ये १६४ परिवार घर फर्किएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।

पानीको सतह घटेपछि गौरीगञ्ज–१ दास चौरीका १२ परिवार, भद्रपुर–८ सुकुम्बासी बस्तीका २६ परिवार, गौरादह–६ लेलियाका १२५ परिवार, बाह्रदशी–२ सुकुम्बासी टोलका १३ परिवार घर फर्किएका हुन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्