झापामा अटोलाई ट्रयाक्टरले ठक्कर दिँदा ३४ वर्षीया कमलाको मृत्यु, मुना गम्भीर घाइते



बिर्तामोड, २४ असार:

झापाको कनकाई नगरपालिका(३ एकान्तटोलमा रोकी राखेको अटोलाई ट्रयाक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा कन्काई नगरपालिका–३ की ३४ वर्षीया कमला नेपाल रहेको जिल्ला ट्रफिक प्रहरी कार्यालय झापाले जनाएको छ । शुक्रबार बिहान ९ कनकाई नगरपालिका–३ एकान्त टोल भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदैगरेको मे१त ७८३१ नम्बरको ट्रयाक्टरले रोकी रहेको मे१ह ६९६० नम्बरको अटोलाई ठक्कर दिएको थियो ।

टाउकोमा चोट लागी घाइते भएकी नेपालको उपचारका क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी सोही स्थानकी अर्की ३६ बर्षिय मुना कार्की गम्भीर घाइते भएकी छन् ।

ट्याक्टर र चालक कन्काई नगरपालिका–७ का २४ वर्षीय यतुवा मर्डीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्