राउटे युवतीमाथि यौ न दुव्र्यवहार गरेको आरोप लागेका सुर्खेतका तीन आरोपितलाई सात वर्षको जेल सजाय



कर्णाली:

राउटे युवतीमाथि यौ न दुव्र्यवहार गरेको आरोप लागेका सुर्खेत गुर्भाकोटका तीन आरोपितलाई अदालतले सात वर्षको जेल सजाय तोकेको छ । जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको इजलासले राउटे युवतीमाथि यौ न दुव्र्यवहार गर्ने गुर्भाकोट नगरपालिका–९ सुर्खेतका चौमनबहादुर घर्ती र भुपेन्द्र बुढामगरलाई सातरसात वर्ष जेल सजाय र जनही रु दुई लाख जरिवाना तोकेको हो ।

अदालतले यौनदुव्र्यवहार भएको होटलका सञ्चालकलाई तीन वर्ष छ महिना जेल सजाय र रु एक लाख जरिवाना तोकेको जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्वलदेव रावलले जानकारी दिनुभयो । उहाँका अनुसार सातरसात वर्ष जेल सजाय पाएका घर्तीमगर र बुढामगरले पीडित राहत कोषमा जनही रु आठ हजार र होटल सञ्चालक पुनले रु चार हजार पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसलामा उल्लेख गरिएको छ ।

बोटेचौरको शुभकामना होटलमा विसं २०७८ जेठ २१ गते राति ९ः०० बजे राउटे युवतीमाथि यौनहिंसा गरेको आरोपमा गुर्भाकोट नगरपालिका–९ बोटेचौरका चोमन घर्ती भनिने घर्ती, मिलन भनिने पुन र भूपेन्द्र बुढा मगरलाई जेठ २३ गते बिहान प्रहरीले पक्राउ गरेको थियो । घर्ती तथा बुढा मगरले राउटे युवतीलाई मदिरा खुवाएर यौनहिंसा गरेको भिडिओ सार्वजनिक भएपश्चात् उनीहरू पक्राउ परेका थिए ।

अदालतले असार १६ गते पुर्पक्षका लागि तीनैलाई जेल चलान गरेको थियो । उक्त समयमा राउटे समुदाय गुर्भाकोट नगरपालिका–११ सुर्खेत आँपसोतीस्थित भेरी नदीको किनारामा बस्दै आएका थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्