काठमाडौं महानगरले देहत्याग गरेका यमबुद्धको मुर्ती बनाउने



काठमाडौं ।

काठमाडौं महानगरपालिकाले देहत्यागगरेका र्यार यमबुद्धको मुर्ति बनाउने भएको छ। मेयर बालेनले देहत्याग गर्ने युवकको मुर्ती बनाउने निर्णय गरेपछि उनको आलोचना सुरु भएको छ। उम्मेदवारीदेखि जित र महानगर कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण गरेर चर्चा कमाएका काठमाण्डू महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेन पछिल्लो पटक अर्को बहसको केन्द्रमा पुगेका छन्।

वाग्मती प्रदेशको एउटा कार्यक्रम बीचमै छोडेर उनी निस्केपछि त्यसबारे सामाजिक सञ्जालमा विभिन्न तर्कवितर्क भइरहेको छ। एकथरीले उनको कदमलाई उचित भनेका छन् भने अर्कोथरीले त्यसो गर्नु ठिक नभएको टिप्पणी गरेका छन्। मेयर शाहले भने कार्यक्रम छोडेर निस्कने आफ्नो कदमको प्रतिरक्षा गरेका छन्।

काठमाडौंबासी ‘अपमानित भएको’ महसुस भएपछि काठमाडौंका मेयर बालेन साह वागमती प्रदेश सरकारको आयोजनामा हेटौंडामा आयोजित स्थानीय जनप्रतिनिधिमुखी अभिमुखीकरण कार्यक्रमलाई बीचमै छाडेर फर्किनुभएको छ । स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुखहरूका लागि नवनिर्वाचित जनप्रतिनिधिका लागि स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्बन्धी सोमबारदेखि शुरू भएको दुई दिने अभिमुखीकरण कार्यक्रमको पहिलो दिन नै काठमाडौंबासीलाई गाली गरेको र फोहोर विसर्जनका विषयमा अनावश्यक लाञ्छना लगाइएको भन्दै उहाँले कार्यक्रमस्थल छाड्नुभएको हो ।

काठमाडौंको फोहोरको उचित विसर्जन नभएसम्म माला नलगाउने र विजयोत्सवसमेत नमनाउने उद्घोष गरेका वालेनले उक्त कार्यक्रममा आफूलाई काठमाडौं अपमानित भएको महसुस भएको बताउनुभयो । ‘मलाई व्यक्तिगत रूपमा आलोचना वा गाली गर्न पाइयो । तर, काठमाडौंसँग र काठमाडौंबासीसँग सम्बन्धित नभएको कार्यक्रममा काठमाडौंलाई गाली गर्न किन समय र ऊर्जा खर्चिने ? मेरो प्रश्न यति हो’, उहाँले भन्नुभयो– ‘काठमाडौं केवल राजधानी मात्र होइन, वागमती प्रदेशका लागि त एउटा पालिका मात्र हो ।

तर, काठमाडौं कसैको जन्मभूमि, कसैको कर्मभूमि हो । गाली गर्ने तर मौका पाउँदा केही नगर्ने कार्यक्रमको औचित्य नदेखेर कार्यक्रम छाडेको हुँ । गाली र आलोचना सुन्ने भए म आफ्नै महानगरमा आफ्नै महानगरबासीको सुन्नेछु । वा, सम्बन्धित व्यक्ति, समूह वा कार्यक्रममा सुन्नेछ ।’मेयर साहले सोमबार राति सामाजिक सञ्जालमा उक्त अभिमुखीकरण कार्यक्रमलाई ‘काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रम’ भएको आरोप लगाउँदै लेख्नुभएको थियो–‘वागमती प्रदेशले आयोजना गरेको ‘काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रम’ मा सहभागी भएर धेरै खुसी लाग्यो । थ्यांक यु ।’

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्