बालेनको जिब्रो लरबरिएको भिडियोले तहल्का मच्चियो, के साँच्चिकै रक्सी पिएर स्टेज चढेका थिए बालेन त्यो रात ?



काठमाडौं ।

काठमाडौंका मेयर बालेन्द्र साहको नेपहपको श्रीपेच’ को फाइनलमा झ्याप भएको केही सेकेन्डको भिडियो भाइरल बनेको छ । उक्त भिडियोमा साहको बोली र हाउभाउलाई हेरेर धेरैले ‘मेयर झ्यापमा’ भन्दै टिप्पणी गरिरहेका छन् ।

र्‍याप संगीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’ को गत शनिवार भएको ग्रान्ड फाइनलमा उपस्थित भएका उनी फाइनलमा स्टेज पटक पटक उभिँदा बालेनको बडी ल्याङ्वेज अलिक अस्वाभाविक देखिएको थियो ।

उनको बोली केही लरबराएको र शरीर पनि अलि असन्तुलित थियो । त्यसैले उनी त्यसबेला रक्सीले मातेको र राम्रोसँग बोल्न नसकेको धेरैले अनुमान गरेका छन् ।

कुनै पनि कार्यक्रम होस वा अन्तरवार्तामा सँधै अनुसासित बन्ने र देखिने उनको यस्तो भिडियो बाहिर आएपछि उनका प्रशंसक दुखी बनेका छन् ।

कार्यक्रमको लाइभ प्रशारण हुँदा नै ‘मेयर झ्यापमा’ भन्दै अत्यधिक कमेन्ट आएका थिए । उनले थकानका कारण शरीर र आवाज अलिकति असन्तुलित भएको हुन सक्ने उनका निकट सहयोगी कुमार बेनले बताए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्