चोरको अनौठो हर्कतले प्रहरीलाई नै पर्यो यस्तो फसाद, बाख्राद्वारा नै मानिसको गराऊनु पर्यो सनाखत



काठमाडौं :

रुपन्देहीको सैनामैनामा गत केहि महिना यता नगरपालिका र त्यस आसपासमा श्रृखंलाबद्ध बाख्रा चोरी घटना बढेको छ । त्यसको रहस्य पत्ता लगाउन सालझण्डी ईलाका प्रहरी कार्यालय सफल भए पनि फेला परेका बाख्राको मालिक चिन्न रोचक अनुसन्धान गर्नुपरेको छ ।

घरबाट बाख्रा हराएको उजुरी परे लगत्तै रुपन्देहीको सालझण्डी ईलाका प्रहरी कार्यालयले चोरीका बाख्रा पत्ता लगाउन र चोर्ने व्यक्तिलाई समात्न पनि सफल हुन्छ तर उजुरीकर्ता ले नै आफ्नो बाख्रा चिन्न नसकेपछि प्रहरीलाई सकस पर्छ । किनकी बाख्राहरू चोरी पछि रौं काटेर र र अनेक रंग दलेर बाख्राको स्वरुप नै परिवर्तन गरिएको हुन्छ । त्यसपछि ईलाका प्रहरी कार्यालयले मालिकद्वारा बाख्राको सनाखत गराउनुको साटो बाख्राद्वारा मालिक सनाखत गराउने जुक्ती निकाल्छ ।

यस जुक्ती अन्तरगत बाख्राहरूलाई छाडा छाडिन्छ । उजुरीकर्ता देखि प्रहरी कार्यालयमा रहेका सबै मानिसहरुलाई आ–आफ्नो बाटो लाग्न भनिन्छ । अन्ततः ती बाख्राहरू आ–आफ्नो मालिकहरु पछ्याउँदै जान्छन् । तब मात्र बाख्राले मानिस र मानिसले आफ्नो बाख्रा चिन्छ ।

यो घटना शुक्रबार दिउँसो ईलाका प्रहरी कार्यालय सालझण्डी परिसरको हो । त्यस भेगका मानिसहरुले घरबाट क्रमशः दर्जनौं बाख्राहरू चोरी भएको उजुरी लिएर आउँछन् । त्यही क्रममा असार ५ गतेका दिन रुपन्देहीको कन्चन गाउँपालिका–१ का पवन परियारको बाख्राको खोरबाट १२ किलो , १० किलो र ८ किलो तौर बराबरका ३ वटा बाख्रा विहान करिव ३ बजेको समयमा चोरी भएको उजुरी लिएर एक जना त्यस कार्यालयमा पुग्छन् ।

त्यस अघि पनि थुप्रै मानिसहरुले आफ्ना बाख्रा , खशी बोकाहरु चोरी भएको उजुरी दिई सकेका हुन्छन् । त्यस पछि त्यस कार्यालयको मिसन बाख्रा खोजीमा केन्द्रित हुन्छ । त्यही क्रममा बाख्रा ओसार पसार गरिरहने दुई वटा मोटरसाईकल पत्ता लाग्छन् । तीनै मोटरसाइकलमार्फत चोरहरू पत्ता लाग्छन् ।

यो पनि, सर्लाहीको त्रिभुवननगर नाकाबाट पाँच लाख नेपाली रुपैयाँसहित प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । बीआर३०एक्स ३४६६ नम्बरको भारतीय मोटरसाइकलमा पाँच लाख १० हजार ८ सय नेपाली रुपैयाँ र २ हजार २ सय भारतीय रुपैयाँ लिएर आउँदै गरेको अवस्थामा प्रहरीले भारतीय नागरिक अवधेश कुमारलाई पक्राउ गरेको हो ।

बोर्डर आउट पोष्ट त्रिभुवननगरबाट सशस्त्र प्रहरी सहायक निरीक्षकसहितको गस्ती टोलीले शंका लागेपछि मोटरसाइकलसहित अवधेशलाई चेकजाँच गरेको थियो । चेकजाँचको क्रममा अवधेशले खुट्टामा नेपाली पैसा बेरेर ल्याउँदै गरेको अवस्थामा पक्राउ परेको सशस्त्र प्रहरीले जनाएको छ । प्रहरीले अवधेशको साथबाट पोको कम्पनीको २ थान मोबाइल पनि बरामद गरेको छ । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्