जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको शव टोकियोस्थित उनको घरमा लगियो, अन्तिम संस्कार मंगलबार हुने



टोकियो :

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको शव बोकेको सवारी टोकियोस्थित उनको घरमा पुगेको छ । दक्षिणी सहर नारामा शुक्रबार बिहान एउटा राजनीतिक कार्यक्रममा बोल्ने क्रममा आबेको गोली हानी ह त्या भएको थियो ।

शव बोकेर टोकियोमा आबेको निवासमा पुग्दा सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) का सदस्यहरू कालो पहिरन लगाएर श्रद्धाञ्जली दिन लाइन लागेका थिए । श्रद्धान्जली दिन प्रधानमन्त्री फुमिओ किसिदा पनि आबेको निवासमा जाने अनुमान गरिएको छ । यसैबीच, आबेको अन्तिम संस्कार मंगलबार गर्ने जनाइएको छ ।

ह त्याको अनुसन्धान गरिरहेको प्रहरीले संदिग्ध व्यक्तिले एउटा ‘विशेष संगठन’प्रति आक्रोश व्यक्त गरेको जनाएको छ । ४१ वर्षीय आ क्रमणकारी तेत्सुया यामागामीका अनुसार आबे पनि सोही संगठनमा आबद्ध थिए । यद्यपि, संगठनबारे थप विवरण केही दिइएको छैन।

यो पनि, दबाबमा परेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे राजधानीमा रहेको आफ्नो आधिकारिक निवासबाट भागेका छन् । राष्ट्रपति राजापाक्षे शनिबार निवासबाट भागेको एक शीर्ष रक्षा स्रोतलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । त्यसअघि राष्ट्रपति राजापाक्षेको राजीनामा माग गर्दै उनको निवासको कम्पाउन्डमा प्रदर्शनकारी पुगेका थिए ।

‘राष्ट्रपतिलाई इस्कर्टिङ गरिएर लगिएको थियो’, रक्षा स्रोतले भन्यो । आ क्रोशित भिडलाई राष्ट्रपतिको दरबारमा प्रवेश गर्नबाट रोक्न सेनाले हवाइ फायरसमेत गरेको प्राप्त विवरणमा जनाइएको छ । हजारौँ प्रदर्शनकारीले प्रहरी ब्यारिकेड तोडेर राष्ट्रपतिको सरकारी निवासमा पसेको जनाइएको छ । सरकारले लगाएको कर्फ्युको अवज्ञा गर्दै भिड राष्ट्रपति निवास बढेको थियो । प्रदर्शनकारीले स्वतःस्फूर्त कर्फ्यु अवज्ञा गरेपछि सरकारले हटाएको घोषणा गरेको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्