मन्त्री भएको १५ दिन नवित्दै मेटमणि चौधरीको पार्टी अध्यक्ष पद चैट



रुपन्देही :

लामो रस्साकस्सी पछि असार १२ गते नेकपा एकीकृत समाजवादीको तर्फबाट मेटमणि चौधरीसहित ४ मन्त्री र एक राज्यमन्त्री नियुक्त भए । त्यसको भोली पल्ट सपथ खाएर काममा खटिए । मन्त्री भएको १५ दिन नवित्दै मेटमणि चौधरीको पार्टी अध्यक्ष पद चैट भएको छ ।

उनी नेकपा एकीकृत समाजवादी पार्टीको लम्बिनी प्रदेश अध्यक्ष हुन् । मन्त्री बनेपछि उनको अध्यक्ष पद चैट भएको हो । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एक व्यक्ति एक पदको कार्यान्वयन गर्ने भन्दै चौधरीलाई अध्यक्ष पदबाट हटाएका हुन् ।

सहरी विकासमन्त्री मेटमणि चौधरीले आफूलाई सांसदमा जिताएर मन्त्री बनाउने मतदाताहरूको शिर झुक्ने गरी कुनै पनि काम नगर्ने प्रतिवद्धता जनाएका थिए । मन्त्री बनेलगत्तै गृह जिल्ला दाङ पुगेका उनले मन्त्री पदमा रहुन्जेल स्मरणयोग्य काम गर्ने बताएका पनि थिए ।

दाङको क्षेत्र नं. १ मा आयोजित स्वागत, बधाई लगायतका विभिन्न कार्यक्रमहरूमा चौधरीले भने, ‘दाङ क्षेत्र नं. १ का मतदाताहरूको शिर निहुरिने गरेर कुनै पनि काम गर्नेछैन । जति समय मन्त्री हुन्छु राम्रो काम गरेर देशभरिका जनताको मन जित्ने प्रयास गर्नेछु ।’ भनेका मेटमणि चौधरी को पार्टी अध्यक्ष पद १५ दिन नवित्दै खुस्किएको छ ।

बैठकले प्रदेश अध्यक्षमा मेटमणिलाई हटाएर आफ्ना सम्धी सोमप्रसाद पाण्डेलाई अध्यक्षमा बनाएका छन् । पार्टी संगठनमा बढी सक्रिय देखिएका चौधरीलाई हटाएर पाण्डेलाई ल्याइएपछि माधव नेपाललाई परिवारवादको आरोप लागेको छ ।

संघीय सांसदसमेत नेपालका सम्धी पाल्पाका पाण्डेलाई अध्यक्ष चयन गर्ने निर्णयको आलोचना भएको हो ।यसअघि प्रदेश अध्यक्षमा रहेका मेटमणि चौधरी शहरी विकास मन्त्री भएपछि चौधरीकै प्रस्तावमा पाण्डेलाई प्रदेश अध्यक्ष बनाउने सर्वसम्मत निर्णय भएको प्रदेश सचिव राजु गुरुङले जानकारी दिए ।

यो पनि, नेकपा एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा सोमप्रसाद पाण्डे चयन भएका छन् । शनिबार बुटवलमा सम्पन्न प्रदेश कमिटी बैठकले संघीय सांसदसमेत रहेका पाण्डेलाई अध्यक्ष चयन गर्ने निर्णय गरेको हो ।

यसअघि प्रदेश अध्यक्षमा रहेका मेटमणि चौधरी सहरी विकासमन्त्री भएपछि चौधरीकै प्रस्तावमा पाण्डेलाई प्रदेश अध्यक्ष बनाउने सर्वसम्मत निर्णय गरिएको बताइएको छ । पार्टीले केन्द्र र प्रदेश कमिटीमा रहेका केही नेताको भूमिका समेत हेरफेर गरेको छ । प्रदेश सचिव एवं रुपन्देही अध्यक्ष रहेका राजु गुरुङले जिल्ला अध्यक्षको जिम्मेवारी छाडेका छन् । रुपन्देही अध्यक्षमा अविराम विक चयन भएका छन् । विक यसअघि जिल्ला सचिव रहेका थिए ।

रुपन्देही उपाध्यक्ष रहेका सिद्धिचरण भट्टराईले लुम्बिनी विकास कोषको कोषाध्यक्ष नियुक्त भएपछि पार्टीको जिम्मेवारी छोडेका छन् । उपाध्यक्षमा श्रीराम यादव र चिनबहादुर गुरुङ, सचिवमा सरिता श्रीश, उपसचिवमा थानेश्वर खरेल, टंक पोखरेल र मिरा श्रेष्ठ चयन भएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्