विवाह भएको २० दिनमै श्रीमती गायव



पथरी:

मिठो सपना देखेर अग्नी साँची राखी विवाह गरेर ल्याएकी श्रीमती कहाँ गईन् अत्तोपत्तो छैन । घर धरान, आमाजु दिदी (श्रीमानको दिदी) को घरमा खाना खानलाई निम्ता आए पछि श्रीमान् चिरन्जीवी रम्तेल र श्रीमती सरस्वती सार्की इटहरी आए । इटहरीमा दिदीकोमा विवाहको बेला सुन छाडिएको छ म लिएर आउछु तपाई यही बस्दै गर्नुस् भनेर श्रीमानबाट छुटेकी सरस्वती आज ६ दिन वितिसक्दा पनि फर्केकी छैनन् ।

पिङ्क कलरको कुर्था सुरुवाल लगाएर पाहुना मान्न गएकी सरस्वती २३ वर्षकी भईन् । उनको विवाह भएको २० दिन भएको कुरा उनको भाई निर्मल सार्कीले जनकारी दिए । माईती पक्षले हराएको थाहा पाए लगत्तै प्रहरी कार्यालय ईटहरीमा मानिस हराएको र खोजी पाउँ भनी उजुरी दिएको बताएका छन् ।

शंका लागेको ब्यात्तीको नाममा किटानी जाहेरी दिन खोज्दा प्रहरीले जाहेरी लिन नमानेको श्रीमान तथा माईती पक्षले जानकारी गराएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्