भन्सालीको फिल्मबाट ‘कमब्याक’ गर्दै मनिषा कोइराला



मुम्बई ;

बलिउडका सुपरहिट निर्देशक एवं निर्माता संजय लीला भन्सालीको आगामी फिल्म डिजिटल प्लेटफर्ममा रिलिज हुने भएको छ। उनी निर्देशित हीरामण्डी फिल्म वेवसिरिजको रुपमा नेटफ्लिक्समा सार्वजनिक हुने बलिउड हंगामाले जनाएको छ।

नेटफ्लिक्सले हीरामण्डीलाई अहिलेसम्म दुई सय करोड खर्च गरिसकेको समाचारमा उल्लेख छ। भन्सालीको यो फिल्ममा सोनाक्षी सिन्हा, मनिषा कोइाराला, हुमा कुरेसी र ऋचा चड्डाको मुख्य अभिनय रहने बताइएको छ।

वेवसिरिजको अन्नपुर्ण पोष्टमा खबर छ । पहिलो एपिसोड भन्सालीले निर्देशन गर्नेछन् भने बाँकी ६ एपिसोड मिताक्षरा कुमारले निर्देशन गर्नेछन्। मिताक्षाराले बाजिराव मस्तानी र पद्मावतमा सहायक निर्देशकको रुपमा काम गरेका थिए। हीरामण्डी देहव्यापारमा आधारित वेवसिरिज रहेको भन्सालीले जानकारी दिएका छन्। वेवसिरिजलाई भन्सालीकै प्रोडक्सनले निर्माण गर्ने बताइएको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्