‘भारत अफगानिस्तानको साथमा छ’: प्रधानमन्त्री मोदीले दुखद भूकम्पप्रति दुःख व्यक्त



नयाँ दिल्ली [भारत] : प्रधानमन्त्री नरेन्द्र मोदीले विनाशकारी भूकम्पले १००० भन्दा बढीको ज्यान लियो र सयौं मानिसहरू घाइते भएकोमा अफगानीस्तानप्रति गहिरो साथ र दुख्ख प्रकट गरेका हुन् ।

“आज अफगानिस्तानमा विनाशकारी भूकम्पको खबरले गहिरो दुःखी छु। बहुमूल्य जीवनको क्षतिमा मेरो गहिरो संवेदना। भारत अफगानिस्तानका जनताको कठिन समयमा उभिएको छ र सबै सम्भावित विपद् राहत सामग्री यथाशीघ्र उपलब्ध गराउन तयार छ,” प्रधानमन्त्री मोदीले ट्विट गरेका छन् ।

देशको दक्षिणपूर्वी भागको खोस्त सहर नजिक आज बिहानै शक्तिशाली भूकम्प गएको हो । सबैभन्दा बढी प्रभावित खोस्त प्रान्तको स्पेरा जिल्ला र पक्तिका प्रान्तको बर्माला, जिरुक, नाका र गायन जिल्ला रहेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्