राप्रपाको महिला संघको बैठकमै कुटाकुट, महामन्त्रीद्धय कुन्ती शाही र राजेन्द्र गुरुङ घाइते



काठमाडौं २६ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संघको बैठकमै कुटाकुट भएको छ । आइतबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपा महिला संघको बैठकमा कुटाकुट भएको हो ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले केहि दिन अघि अञ्जना शाह रावललाई अध्यक्ष बानएपछि पार्टी बाहिरको मान्छेलाई ल्याएर अध्यक्ष बनाएको भन्दै विरोध जनाएको कुमारी तामाङ लगायतको समुह बिच कुटाकुट भएको हो । सुरुमा दुवै पक्षबिच भनाभन भएपछि कुटाकुट भएको हो ।

उक्त कुटाकुटमा राप्रपाका​ महामन्त्रीद्वय कुन्ती शाही र राजेन्द्र गुरुङ घाइते भएका छन् । घाइतेहरुको चावहिलस्थित हेल्पिङ हेन्स हस्पिटलमा उपचार भइरहेको राप्रपाले जनाएको छ ।

भनाभन पछि बैठकमा कुर्सी प्रहार गरिनुको साथै टेबुल तोडफोड गरिएको छ । घटना लगत्तै अध्यक्ष लिङदेन बैठकमा पुगेका थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्