गायिका इन्दिरा जोशीको ‘पछ्यौरी’चोरी



काठमाडौँ :

गायिका इन्दिरा जोशीलाई गीत चोरीको आरोप लाग्यो। उनले केहीदिन अघि मात्र सार्वजनिक गरेको ‘पछ्यौरी’ बोलको गीत अमेरिकी गायक जेसन डेरुलोको ‘टक डर्टी’सँग मिलेपछि उनको आलोचना भयो। चोरीको आरोप लागेपछि उनले यसबारेमा उनले मुख खोलकी हुन् ।

उनले चोरीको आरोप लगाउनेले बुझ्न नसकेकोजनाउदै आफुले गीत नचोरेको बताएकी छन् । उनी भन्छिन् ‘पप भनेको पपुलरको छोटो रुप हो। पपुलर भएपछि त्यो स्टाइल बन्छ।’यो टोनको स्टाइल विश्वका धेरै गायक गायिकाले पछ्याएको बताउँदै इन्दिराले आफूले पनि त्यहि स्टाइल पछ्याएको बताउँछिन्।

विदेशीले त्यही टोनको फलो गर्दा स्टाइल हुने नेपालीले गर्दा चोरीको आरोप लाग्ने कुरालाई आफूलाई दुखी बनाएको इन्दिराले बताइन्। ‘गीतको टेक्चर मिल्न गएको छ। तर, जेसनको गीतमा ट्रम्प पेट प्रयोग गरिएको छ, मेरोमा सेक्सोफोन। नोट, बाजा नै फरक छ। तर स्टाइल एउटै हो उनले भनिन ो गीत पछ्यौरी सार्वजनिक केही समयमै दर्शकबाट राम्रो प्रतिकृया पाएको थियो । गीतमा इन्दिरा स्वयम निराजन प्रधानको अभिनय रहेको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्