नीता ढुंगाना र अभिनेता हरिहर अधिकारीको रिसेप्सन पार्टीमा बालेन,भुवन केसी र राजेश पाल राईको सहभागि, सेल्फी हान्नेको भीड



काठमाडौ :

अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारी शुक्रबार बैबाहिक जिवनमा बाँधिए । केहि समय देखी चल्दै आएको माया प्रेमलाई यो जोडीले शुक्रबार बाट औपचारीक रुपमा श्रीमान् श्रीमतीको सम्बन्धमा स्थापित गरिदियो । शुक्रबार विवाह गरेका यो जोडीले आईतबार भने रिसेप्सन पार्टी दिएको छ । उनीहरुले दरबारमार्गस्थित होटल याक एण्ड यतीमा रिसेप्सन पार्टी दिएका हुन् ।

यो जोडीको रिसेप्सन पार्टीमा बिभिन्न क्षेत्रका ब्यक्तित्वको राम्रै उपस्थिती देखियो । पार्टीमा राजनीतिक दलका नेता देखि लिएर, कलाकार, पत्रकारहरुको उपस्थिती देख्न पाईएको थियो । नीता र हरिहरको रिसेप्सन पार्टीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साह, नायक भुवन केसी, गायक राजेश पाल राई, निर्माता तथा निर्देशक अशोक शर्मा, रबिन्द्र मिश्र, बर्षमान पुनः , मिथीला शर्मा लगायत थुप्रै नयाँ तथा पुरा फिल्मकर्मी तथा रंग पत्रकारको सहभागिता रहेको थियो ।

पार्टीमा सबैको आकर्षणको रुपमा भने बालेन शाह देखिए । उनी संग फोटो खिच्ने र सेल्फी हान्नेहरुको भीड नै लागेको थियो । भर्खरै बिबाह बन्धनमा बाँधिएको यो जोडीले संयुक्त रुपमा ह्रस्व दीर्घ फिलम फिल्म निर्देशन गर्दै छन् । जसको चर्चा अगाडी देखी नै चुलिदै आईरहेको छ ।

अन्तिम खेलमा इंग्ल्यान्डले भारतलाई हरायो:
अन्तिम टी-२० खेलमा घरेलु टोली इंग्ल्यान्डले भारतविरुद्ध १७ रनको जित निकालेको छ । यसअघि नै शृंखला भारतले आफ्नो पक्षमा पारेको थियो । तीन खेलको शृंखला भारतले २-१ ले जित्यो ।

२१६ रनको लक्ष्य पछ्याएको भारतले २० ओभरमा ९ विकेट गुमाएर १९८ रनमा समेटियो । भारतका लागि सुर्यकुमार यादवले ११७ रन बनाए । इंग्ल्यान्डका रिसी टोप्लेले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर २१५ रन बनायो । इंग्ल्यान्डका लागि डेभिड मालनले ७७ रन बनाए । भारतका हर्सल पटेल र रवी विश्नोईले समान दुई विकेट लिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्