सिरहामा यस्तो अबस्थामा प्रहरीले नियन्त्रणमा लियो शम्भुलाई



सिरहा, २७ असार:
सिरहा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।

सिरहा नगरपालिका ९ गुलरियाबाट ४ ग्राम ८३ मिलीग्राम ब्राउनसुगरसहित शम्भुप्रसाद यादव पक्राउ परेका हुन् ।

लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

तापक्रम बढेपछि सांघाइमा रेड अलर्ट जारी:चीनको सांघाइमा अत्यधिक तापक्रम बढेको छ । ४० डिग्री सेल्सियससम्म तापक्रम पुगेपछि सांघाई नगरपालिका मौसम विज्ञान पर्यवेक्षकले प्रान्तका केही क्षेत्रमा रेड अलर्ट जारी गरेको छ ।

सिन्ह्वाका अनुसार सांघाइमा जुलाई ५ देखि लगातार ६ दिनसम्म अत्यधिक उच्च तापक्रम देखिएको छ । आइतवार सांघाई सुजियाहुई स्टेशनको तापमान ४० डिग्री सेल्सियस पुगेको थियो ।

सन् १८७३ देखि शहरमा ४० डिग्री सेल्सियसभन्दा माथि जम्मा १५ तातो दिनहरू रिपोर्ट गरिएको छ । सन् २०१७ मा सांघाइकोे तापक्रम ४० दशमलब ९ डिग्री सेल्सियस पुगेको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्