जापानका आबेको हत्याबारे अनुसन्धानमा खुल्यो यस्तो रहस्य : थियो बिहीबार नै मार्ने योजना तर …..



टोकियो ।

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको ह त्याको आरोप लगाइएका ४१ वर्षीय तेत्सुया यामागामीलाई प्रहरी हिरासतमा राखी अनुसन्धान थालिएको छ । उनले आबेलाई निशाना बनाएको अनुसन्धानकर्ताहरूलाई बताएका जापानको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले राजनीतिज्ञहरू ‘अमूक संगठन’ सँग जोडिएका कारण आफूले पूर्वप्रधानमन्त्रीलाई निशाना बनाएको दाबी गरेका छन् ।

स्थानीय सञ्चारमाध्यमले यस संगठनलाई धार्मिक भनी वर्णन गरेका छन् । आ क्रमणकारी यामागामीकी आमाले पनि उक्त समूहलाई दिएको दानका कारण आफ्नो परिवारलाई आर्थिक समस्या भएको दाबी गरेकी छन् । रिपोर्टअनुसार उनले आबेलाई अर्कै कार्यक्रममा मार्ने उद्देश्यले बिहीबार ओकायामाको पश्चिमी क्षेत्र गएका थिए । तर, उक्त कार्यक्रममा सहभागीहरूले आफ्नो नाम र ठेगाना पेस गर्नुपर्ने भएपछि आफ्नो योजनाबाट उनी पछि हटेको बयान उनले दिएका अनुसन्धान अधिकारीहरूले बताएका छन् ।

आबे जापानका राजनीतिक घरानाबाट आएका थिए। उनका पिता पूर्वविदेशमन्त्री थिए भने मावलीका हजुरबुबा नोबुसुके किसी प्रधानमन्त्री नै भइसकेका थिए। यसले गर्दा उनलाई राजनीतिमा आउन सजिलो भयो। सन् १९९३ मा पहिलोपटक सांसद बनेका आबेले सन् २००५ मा प्रधानमन्त्री जुनिचिरो कोइजुमीको मन्त्रिपरिषद्मा महत्वपूर्ण पद हासिल गरेका थिए। उनलाई उक्त सरकारमा मुख्य क्याबिनेट सचिवजस्तो महत्वपूर्ण भूमिका दिएको थियो। उनी देशको सर्र्वोच्च पदका लागि तयारी गर्दै थिए र यसका लागि उनले सत्तारूढ लिबरल डेमाक्रेटिक पार्टीमा पकड बनाउन लागेका थिए।

जापान प्रजातान्त्रिक मुलुक भएपछि त्यहाँको राजनीतिदेखि कर्मचारीतन्त्रसम्म लिबरल डेमोक्रेटिक पार्टीको एकछत्र राजजस्तै छ। सन् १९५५ मा देशका दुई प्रमुख कन्जरभेटिभ पार्टी जापान डेमोक्रेटिक पार्टी र लिबरल पार्टीबीच एकता भएयता केही वर्षबाहेक सधैँ यही पार्टी सरकारमा छ। त्यहाँका व्यवसायीहरूमाझ पनि यसको राम्रो पकड भएकाले उनीहरू पनि अन्य पार्टी आएको मन पराउँदैनन् भनिन्छ।

लिबरल डेमोक्रेटिक पार्टीले राज्य संयन्त्र, कर्मचारीतन्त्र र व्यापारीहरूमाझ बलियो पकड रहेकाले अरू पार्टीले सरकार बनाइहाले पनि त्यो लामो नहुने विश्लेषण गरिन्छ । त्यसमाथि लिबरल डेमोक्रेटिक पार्टीबाहेकका दलहरू साना भएकाले तिनले प्रर्याप्त चुनौती दिन सकेका छैनन् । यस्तो अवस्थामा लिबरल डेमोक्रेटिक पार्टीको नेतृत्वमा पुग्ने नै देशको प्रधानमन्त्री हुने परम्पराजस्तै हुन थालेको धेरै भइसक्यो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्