नेपाली फिल्म ‘कबड्डी ४’ले ४२ दिनमा २२ करोड ७३ लाख कमायो



काठमाडौं :

नेपाली फिल्म ‘कबड्डी ४’ले ४२ दिनमा २२ करोड भन्दा धेरै रकम कमाएको छ। २२ करोड भन्दा माथि कमाएसँगै ‘कबड्डी ४’ अहिलेसम्मकै उच्च कमाइ गर्ने फिल्मको कीर्तिमान बनाउन सफल भएको छ।

फिल्मले मोफसलबाट १० करोड ५ लाख ९७ हजार ४८० रुपैयाँ ग्रस र काठमाडौं उपत्यकाबाट १२ करोड ६७ लाख ५६ हजार ३६५ रुपैयाँ ग्रस कलेक्सन गरेको छ।

त्यस्तै अहिलेसम्म २२ करोड ७३ लाख कमाएको यो फिल्मले हिन्दी सिनेमा ‘बाहुबली २’को नेपाल कमाइ भेट्टाउने खोजेको छ। फिल्ममा दयाहाङ राई, मिरुना मगर र सौगात मल्लको मूख्य भुमिका रहेको छ भने रामबाबु गुरुङले निर्देशन गरेका छन् ।

अभिनेत्री उर्वशी रौतेलाका फ्यानका लागि आयो खुशीको खबर;एजेन्सी । बलिउड अभिनेत्री तथा मोडल उर्वशी रौतेलाले विश्वका १० सुपर मोडलको सूचीमा स्थान बनाएकी छन्।
हालै ग्ल्यामर जगतको चर्चित वेबसाइटले विश्वका १० कामुक सुपर मोडलको सूचीमा उर्वशीलाई समेत समावेश गरेको हो।

उनी मिस टिन इन्डिया, मिस एसियन सुपर मोडल इन्डिया, इडियन प्रिन्सेस, मिस क्विन अफ द इयर इन्टरनेसनल इन्डिया, मिस टुरिजम क्विन अफ द इयर इन्टरनेसनल वल्र्डजस्ता उपाधि जित्ने सुपर मोडल हु न्।

१५ वर्षको उमेरमै अभिनयमा नेपाल समचारपत्रमा खबर छ । डेब्यु गरेकी उर्वशी मिस डिभा २०१५ की विजेतासमेत हुन्। सन् २०१३ मा सिह साब द ग्रेटबाट बलिउड फिल्म नगरीमा डेब्यु गरेकी उर्वशीले ग्रेट ग्रयान्ड मस्तील काबिल, हेट स्टोरी–४, पागलपन्थीजस्ता फिल्ममा अभिनय गरेकी छन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्