१३ थान जाली नेपाली नोट सहित भक्तपुरबाट ३० वर्षीय निर फिल्मी शैलिमा समातिए



भक्तपुर, २७ असार :

सूर्यविनायक नगरपालिका–८ सूर्यविनायक बस्ने ३० वर्षीय निर बिकार प्रजापतिलाई एक हजार दरका १३ थान जाली नेपाली नोट सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।

सूर्यविनायक नगरपालिका–८ सूर्यविनायकस्थित खाजा पसलमा निर बिकार प्रजापतिको साथमा जाली नोट छ भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त जाली नोट सहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

दाङमा कारको ठक्करबाट पैदलयात्री २४ वर्षीय देवराजको मृत्यु, शोकमा परिवार:दाङको घोराही उपमहानगरपालिका–१० मा गएराती कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय २४ वर्षीय देवराज चौधरी रहेका छन् । कारको ठक्करबाट गम्भिर घाइते भएका उनको उपचारको क्रममा घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बागमती प्रदेश ०१ ०२५ च ७७६४ नम्बरको कारले गएराती पौने १० बजे चौधरीलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा संलग्न कार सहित चालक नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय नारायणपुर दाङले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्