मेयर बालेन्द्र किन पुगे सर्वोच्च अदालत ?



काठमाडौँ :

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह सर्वोच्च अदालत पुगेका छन्। उनी आज सोमबार दिउँसो रामशाहपथस्थित सर्वोच्च अदालत पुगेका हुन्। बागमती सरसफाइ सम्बन्धी मुद्धामा जवाफ दिनका सर्वोच्च पुगेको बताइएकाो छ ।

काठमाडौं महानगरलाई विपक्षी बनाउँदै दायर गरेको रिटमा सोमबार न्यायाधीशहरु हरिकृष्ण कार्की र मनोजकुमार शर्माको इजालसमा सुनुवाई भइरहेको छ।

अधिवक्ता प्रकाशमणि शर्मा, आलोक पोखरेल लगायतले मुद्धा दायर गरेका थिए । अदालतमा सुनुवाइका क्रममा उठेका प्रश्नको जवाफ बालेन्द्रले दिनेछन् ।

कालिकोटमा पाँच तले घर भत्किँदा छ जना घाइते:कालिकोटको खाँडाचक्र नगरपालिका–१ बस्ने लक्ष्मी पाण्डेको पाँच तले घर भत्किँदा छ जना घाइते भएका छन् ।

घर भत्केको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कालिकोट, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको प्रहरीले जेसिबीको सहयोगमा घाइतेहरूको उद्धार गरेको थियो ।

घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल पठाएकोमा तीन जना उपचार पश्चात डिस्चार्ज भएका छन् । घाइते दुई जनालाई थप उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ ।

प्रहरीबाट थप उद्धार कार्य भइरहेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्