नीता ढुंगानाको रिसेप्सन पार्टीमा आएकी नन्दिाताले भनिन् , ‘बिहे भनेको आफ्नो इच्छाअनुसार हुनुपर्छ’



काठमाडौं :

अभिनेत्री नन्दिता केसीले विवाह आफ्नो वशमा नहुने बताएकी छन् । अभिनेत्री नीता ढुंगानाको रिसेप्सन पार्टीमा भेटिएकी नन्दिाले पत्रकारले बिहे कहिले गर्ने भनेर सोधेको प्रश्नमा यस्तो बताएकी हुन् । आफ्नो विवाह समय आएपछि हुने भन्दै टारेकी उनले आफु अहिलेसम्म हुनुको कारण समय भएको बताउदै समयलाई दोष दिएकी छन्।

बिहेका लागि कुनैपनि व्यक्तिसँग विश्वास र कनेक्सन हुनुपर्छ’ उनले थपिन्, ‘बिहे भनेको आफ्नो इच्छाअनुसार हुनुपर्छ ।‘अरुको विवाह हेर्दा लाग्यो सानो–सानो कुरामा पनि ध्यान दिनुपर्ने रहेछ ।

त्यसैले धेरै तनाव हुँदो रहेछ भन्दै उनले यो देख्दा आफूलाई भागेर बिहे गर्न मन लागेको बताइन् । उनी केही समय अमेरिका बसेर यतिबेला स्वदेश फर्किएकी छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्