‘परदेशी २’को टिजरमा प्रकाश सपुतलाई मात्रै देखाइएको भन्दै फिल्मका अर्का हिरो प्रशान्त तामाङ झोक्किए, अब के हुन्छ ?



काठमाडौं- फिल्म ‘परदेशी २’को टिजर यसै साता रिलिज भयो । टिजरमा सिरिजका प्रमुख अभिनेता प्रशान्त तामाङलाई स्थान नदिइएपछि प्रशान्त तामाङ असन्तुष्ट बनेको खबर बाहिर आएको छ । यतिबेला प्रशान्त भारतमै छन् र उनी फिल्मको प्रचारमा आउने वा नआउने टुंगो समेत नभएको बताइएको छ ।

पौने तीन मिनेटको टिजरमा प्रशान्तको एउटा मात्र दृश्य छ । जसलाई लिएर उनी दुखी बनेको बताइएको छ । यतिबेला प्रशान्त भारतमै रहेको र उनी फिल्मको प्रचारमा आउने वा नआउने टुंगो समेत नभएको बताइएको छ ।

पूरै टिजरभरि सपुत छाएपछि यसलाई निर्देशक रायमाझीको भरोसाको रुपमा हेरिएको छ । पूर्व इण्डियन आइडल समेत रहेका प्रशान्तले नै रायमाझीलाई नेपाली फिल्ममा स्थापित गराउन भूमिका खेलेका दुई फिल्म गोर्खापल्टन र परदेशी हिट बनाउन योगदान दिएका थिए ।

गोर्खापल्टन स्टार तामाङलाई ओझेलमा पारिएकोप्रति सामाजिक सञ्जालमा रायमाझीको आलोचना सुरु भएको छ । फिल्म दशैं छेको पारेर असोज १४ गते प्रदर्शनमा आउने भएको छ । फिल्ममा सपुत र प्रसान्तका अलवा केकी अधिकारी वर्षा सिवाकोटीको मूख्य भुमिका रहेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्