यत्रो मोटो रकम लिएर सुन्दरी नीति शाहले खेल्ने भईन् फिल्म, डेब्यु फिल्ममा नै कसले दिन तयार भयो यती मोटो रकम ?



मोडल नीति शाहले नेपाली फिल्ममा डेब्यु मार्ने भएकी छिन् ।

फिल्मको बारेमा पुर्ण जानकारी बाहिर आईनसके पनि उनले चर्को पारश्रमिकमा फिल्ममा डेब्यु मार्न लागेकी हुन् । उनी यसअघि उपयुक्त फिल्मको पखाईमा रहेकी थिईन् ।

प्राप्त जानकारी अनुसार मोडल नीतिले एक कर्पोरेट हाउसले निर्माण गर्न लागेको फिल्ममा १४ लाख रुपैया पारश्रमिक लिएर डेब्यु मार्न लागेकी हुन् ।

उनलाई फिल्मका प्रस्ताव पनि नआएका हैनन् । तर उनले सबैलाई अस्वीकार गरिन् । अब १४ लाख पाउने पक्का भएसंगै १ लाख ४० हजार रुपैयाँ साइनिङ अमाउन्ट पनि लिई सकेकी छिन् । थुप्रै फिल्म अस्वीकार गरेकी उनले यो फिल्म पनि आफ्ना केही सर्त राखेर साईन गरेकी हुन् ।

उनले फिल्ममा भल्गर तथा अश्लील दृश्य हुन नहुने र द्विअर्थी अर्थात अश्लीलता बुझिने खालको शब्दको प्रयोग हुन नहुने सहमती पत्रमा उल्लेख गरेकी छिन् । अहिले ब्यानर मात्र निश्चित भएको उक्त प्रोजेक्टबारे औपचारिक जानकारी आगामी साता दिने निर्माण पक्षको तयारी रहेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्