पछिल्लो फिल्म बच्चन पाण्डे असफल भएपछि गम्भीर भएका अक्षयकुमार बायोपिकतर्फ फर्किए



मुम्बई :

आफ्नो पछिल्लो फिल्म बच्चन पाण्डे व्यावसायिक रूपमा असफल भएपछि अभिनेता अक्षयकुमार निकै गम्भीर भएका थिए । उनले अबका फिल्ममा थप मेहनत गर्ने अठोट लिएका छन् । दर्शकले आपूmलाई रुचाउँदै आएको शैलीभन्दा फरक फिल्म खेल्दा बच्चन पाण्डे असफल भएको निष्कर्षमा उनी पुगेका छन् । यसैले अब फेरि बायोपिक फिल्मलाई उनले महत्व दिने बताएका छन् ।

यसैक्रममा अक्षय कुमारले आफ्नो अर्को फिल्मको सुटिङ लन्डनमा सुरु गरिसकेका छन् । फिल्मको शीर्षक फाइनल छैन तर कोल माइनिङ इन्जिनियर जसवंत सिंह गिलको जीवनीमा आधारित कथामा उनी अहिले फिल्म गरिरहेका छन् । यस चलचित्रलाई टिनु सुरेश देसाईले निर्देशन गरेका हुन् । जसले यसअघि अक्षय कुमार अभिनित ‘रुस्तम’को निर्देशन गरेका थिए ।

लामो समयदेखि यो फिल्मको चर्चा चलिरहेको थियो तर अहिले धमाधम यसको छायांकन भइरहेको छ ।राजधानि दैनिकमा खबर छ । जसवंतको जीवन’दयगत राम्रो अध्ययन गरेपछि मात्र आपूmले यो फिल्ममा हात हालेको अक्षयले बताएका छन् । अक्षयकुमारको पूजा इन्टरटेनमेन्टसँगको यो तेस्रो फिल्म हो । सन् १९८९ मा पश्चिम बंगालको रानीगन्ज कोल फिल्डमा फसेका ६४ खानी मजदुरको ज्यान बचाउँदा खानी इन्जिनियर जसवंत सिंह गिलको जीवनको घटनामा यो फिल्मको कथा आधारित छ ।

यस फिल्मको नाम ‘क्याप्सुल गिल’ हुने बताइएको छ । तर, यस’दयगत कुनै आधिकारिक बयान दिइएको छैन । अक्षय कुमारले यसअघि वासु भगनानीसँग ‘बेल बटम’ बनाएका छन् भने यो जोडीको दोस्रो फिल्म ‘बडे मियाँ छोटे मियाँ’ हो, जसमा टाइगर श्राफ पनि छन् ।

फिल्मको अक्षय कुमारको चरित्र रिलिज हुनेबित्तिकै सामाजिक सञ्जालमा निकै चर्चामा छ । यो चरित्रपछि दर्शक फिल्मलाई लिएर निकै उत्साहित भएका छन् । निर्माण कम्पनीले लन्डनमा फिल्मको छायांकनका लागि १ सय एकड क्षेत्रफल ओगटेको छ । यो फिल्म बेलायतमा सुटिङ हुने सबैभन्दा ठूलो भारतीय प्रोडक्सन फिल्म भएको बताइएको छ । चलचित्रको छायांकन साउन अन्तिमसम्म चल्नेछ ।

अक्षय कुमारको साथमा यो फिल्ममा परिणिती चोपडा, कुमुद मिश्रा, दिव्येन्दु भट्टाचार्य, राजेश शर्मा, पवन मल्होत्रा, वरुण बडोला, रवि किशन, अनन्त महादेवनजस्ता कलाकार रहेका छन् ।

यस बायोपिकबाहेक अक्षय कुमारका आगामी फिल्ममा रक्षाबन्धन, राम सेतु, ओह माई गाड २, सेल्फी, मिसन सिन्डेरेला, बडे मियाँ छोटे मियाँ, सुर्राई पोत्रुको हिन्दी रिमेक र गोर्खा रहेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्