आफ्नो देशको नागरिकता दिने आदेशमा पुटिनले हस्ताक्षर गरे, विश्वको ध्यान रुसतिर खिचियो



काठमाडौं, असार २८ ।

zzszयुक्रेनविरुद्ध झन् झन् आक्रमक बन्दै गएको रुसले सबै युक्रेनीलाई नागरिकता दिने भएको छ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका सबै नागरिकलाई रूसी नागरिकता दिने आदेशमा हस्ताक्षर गरेको आदेश रूसको आधिकारिक वेबसाइटमा पनि प्रकाशित गरिएको छ।

अघिल्लो महिना दक्षिणी युक्रेनका केही भागका बासिन्दालाई रुसी नागरिकताको कार्यान्वयनलाई तीव्रता दिन आदेश जारी गरेका पुटिनले पछिल्लो समय चालेको कदमले विश्व नै तरंगीत बनेको छ ।

यसअघि यो सरलीकरण युक्रेनको डोनेत्स्क र लुहान्स्कका जनतालाई मात्रै नागरिकता दिने सन्दर्भमा लागू भएको थियो।

युक्रेनविरूद्ध युद्ध लड्नुअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्पूर्ण लुहान्स्क र डोनेत्स्कलाई युक्रेनबाट स्वतन्त्र घोषणा गरेपछि विश्वको नजर रुस्को कदमतफर्ल मोडिएको थियो ।

गाडीले अटोरिक्सालाई ठक्कर दिँदा ४१ वर्षीय भानुको मृत्यु, दुई जना घाइते : पाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गमा सोमबार पिकअप गाडीले अटोरिक्सालाई ठक्कर दिँदा अटोरिक्सा चालकको मृत्यु भएको छ ।

बुद्धशान्ति–७ का अटोचालक ४१ वर्षीय भानु खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । उक्त दुर्घटनामा अटोमा सवार दुई जना घाइते भएका थिए ।

बुद्धशान्ति–४ स्थित मेची राजमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को२च २०६३ नंको पिकअपले सोही दिशातर्फ जाँदै गरेको मे१ह ४६४४ नंको अटोलाई पछाडिबाट ठक्कर दिएको थियो ।

उक्त दुर्घटनामा अटोचालक खड्कासँगै मेचीनगर–७ की १८ वर्षीया बिना सेञ्चुरी र मेचीनगर–४ की ३२ इन्दिरा राई घाइते भएकी थिइन् । घाइते भएका उनीहरूमध्ये अटोचालक खड्काको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा बेलुका साढे ४ बजे मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न पिकअप र चालक इलाम सूर्योदय नगरपालिका–१० का ५१ वर्षीय दिलीपकुमार प्रधानलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्