कुखुराको मासुका पारखीलाई खुशीको खबर, १ सय रुपैयाँले घट्यो मासुको मूल्य



काठमाडौं, असार २८ : कुखुराको मासु घटेको छ । यो एक महिनाको बीचमा कुखुराको मासु एक सय रूपैयाँभन्दा बढीले घटेको हो ।एक महिना अघि प्रतिकिलो चार सय ५० रूपैयाँमा बिक्री भएको मासु हाल तीन सय ४५ रूपैयाँमा बिक्री भइरहेको कुखुरा व्यवसायी संघले जनाएको छ ।

महासंघका अनुसार उत्पादन धेरै भएपछि बढेपछि मूल्य घटेको हो । यो समयमा विगतमा पनि कुखराको मासुको मूल्य घट्ने गरेको कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले बताए । । हालको मूल्यभन्दा अझै मूल्य घट्ने संभावना भने नरहेको उनले बताए।

अझै सकिएन प्रदेशसभा भवन निर्माण : लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकामा निर्माणाधीन प्रदेश सभा भवन निर्माणको काम अझै अधुरो छ । आधा वर्षममा सक्नुपर्ने भवन निर्माण दुई वर्षसम्ममा पनि पूरा हुन सकेको छैन ।

प्रदेश सभा भवन निर्माणका लागि ०७८ वैशाख २४ गते ५ करोड २१ लाखमा ठेक्का सम्झौता भएर काम सुरु भएको थियो । पहिलो सम्झौता अनुसार ४ महिना (२०७८ साउन भित्र) भवन बनाइसक्नुपर्ने थियो । तर काममा ढिलाइ हुँदा प्रदेश सरकारले निर्माण व्यवसायी नै परिवर्तन गरेर भवन निर्माणको कामलाई अघि बढाएपनि अहिले भवन निर्माणको काम पुरा हुन सकेको छैन ।

लुम्बिनी प्रदेशको बर्खे अधिवेसनपछि हिउँदे अधिवेसन दाङमै नयाँ भवनमा बस्ने प्रदेश सरकारको तयारी छ । तर प्रदेश सभाको आउने अधिवेसनका लागि स्थायी राजधानी दाङमा आवश्यक पूर्वाधारहरु तयार भएका छैनन् ।

प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभाको भवन छिटो निर्माण सम्पन्न गर्न पटक(पटक निर्देशन दिएका छन् ।
प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छवीराज पोखरेलले प्रदेश सभा भवन निर्माणको काम ९० प्रतिशत सम्पन्न भइसकेको बताए ।

भदौ महिनासम्म प्रदेश सभाको भवन सम्पूणर् रुपमा तयार गरेर सरकारलाई हस्तान्तरण गर्ने उनले बताए । प्रदेश सभा सचिवालयको भवन निर्माण कार्यका लागि टेण्डर प्रक्रियामा गएको प्राधिकरणले जनाएको छ । अहिले निर्माण भइरहेको प्रदेश सभाको भवन अस्थायी हो । स्थायी भवनको निर्माण केही समयपछि सुरु हुने प्रदेश पूर्वाधार विकास प्राधिकरणको भनाई छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्