सलमान खानको ‘दबंग ४’ निर्देशन गर्दै तिग्मांशु



मुम्बई :

बलिउड अभिनेता सलमान खानको दबंग सिरिजको चौथो सिक्वेल ‘दबंग ४’ को काम सुरु भएको छ । उनलाई चुलबुल पाण्डेको भूमिकामा दर्शकले पुन देख्न पाउने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

चलचित्रको तिग्मांशु धुलियाले निर्देशन गर्दैछन् । तिग्मांशुले चलचित्र निर्देशनसँगै लेखन समेत अगाडि बढाएका छन् । यसअघि दबंगको पहिलो सिरिज अभिनव कश्यप, दोस्रो अरबाज खान र तेस्रो प्रभु देवाले गरेका थिए ।

तिग्मांशुलाई चलचित्रमा जोड्ने काम अभिनेता सलमानले नै गरेका थिए ।सौर्य दैनिकमा खबर छ । तिग्मांशुले साहेब बिवी र पान सिंह तोमर लगायतका चलचित्र निर्देशन गरेका छन् ।

यस्तै, अभिनेता सलमान पछिल्लो समय ‘कभी ईद कभी दिवाली’, ‘टाइगर ३’ को छायांकनमा व्यस्त छन् । उनका ‘नो एन्ट्री २’ र ‘बजरंगी भाइजान २’ चलचित्रसमेत अहिले चर्चामा आएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्