ह्वात्तै घट्यो सुन, कतिमा हुँदैछ आज कारोबार ?



काठमाडौं ।

बुधबार सुन-चाँदीको मूल्य घटेको छ। आज सुन प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। यसर्थ, सुनको मूल्यमा आज प्रतितोला दुई सय रुपैयाँ गिरावट देखिएको हो।

त्यसैगरी, महासंघका अनुसार अघिल्लो दिन चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। बुधबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो पनि, सिस्टम चल्न नसक्दा दर्जनौं योजनाहरूको भुक्तानी नपाएपछि उपभोक्ता मारमा परेका छन् । कर्णाली प्रदेश सरकार मतहतका जिल्ला कार्यालयहरूले काम गरेर सम्पन्न भएका योजनाहरूको भुक्तानी दिन नसकेको बताएका हुन् ।

असार २५ गतेसम्म मात्र सिस्टम चल्ने भन्दै परिपत्र भए पनि २४ गते दिनभरी सिस्टम नचल्दा आफूहरूले उपभोक्ताको काम गरेको रकम भुक्तानी दिन नपाएका खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका प्रमुख टपेन्द्र सुन्दर मल्लले बताए । उनले भने, ‘हाम्रो जिल्ला कार्यालयबाट काम गरेको ८ करोड रकम भुक्तानी दिन नसकेको अवस्था छ ।’

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका अधिकांश जिल्ला कार्यालयले काम गरेको रकम भुक्तानी दिन नपाएको पीडा सुनाएका छन् । त्यस्तै भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतका जिल्ला कार्यालयहरूले समेत ३० प्रतिशत भन्दा बढी काम भएको रकम भुक्तानी दिन नपाएका बताएका हुन् ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री कार्यालय सहित आठ वटा मन्त्रालय रहेका छन् । अधिकांश मन्त्रालयका जिल्ला कार्यालयहरूले सिस्टम चल्न नसक्दा काम गरेको समेत भुक्तानीको काम रोकिएको बताएका छन् ।

प्रदेश कोष लेखा नियन्त्रण कार्यालयले केन्द्रमा यहाँको सबै कुरा लेखि पठाएको जानकारी दिएको छ । सिस्टम तोकिएकै दिनमा बन्द गर्ने तर अघिल्लो दिन सिस्टम नै नचल्ने अवस्था आएपछि भुक्तानी कसरी दिनु कार्यालय प्रमुखहरूको भनाइ छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्