गुरु पूर्णिमाको शुभकामना दिँदै ‘पूर्वप्रेमी’ सुदर्शनलाई यसरी सम्झिइन् चर्चित नायिका पूजा शर्माले



काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ ।

देश विदेशमा रहेका आफ्ना गुरुहरुलाई शिष्यहरुले सामाजिक सञ्जालका मार्फत सम्झिरहेका छनद् । आभार प्रकट गरिरहेका छन् । यसैबिच नायिका पूजा शर्माले पनि बिहानै सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफ्नो ‘गुरु’निर्देशक सुदर्शन थापा भएको भन्दै उनलाई सम्झिएकी छिन् ।

थापालाई आफ्नो जीवनको ‘आशिर्वाद’ भन्दै पूजाले आभार प्रकट गरेकी छिन् । पूर्व प्रेमीका रुपमा एक समय चर्चा कमाएका सुर्दशनलाई गुरु मान्दै पूजाले भनेकी छिन् तिमीले मलाई एटा शिक्षकजसरी सिकायौ, मेरो बुवाआमाजसरी संरक्षण गर्यौ र मेन्टरजसरी बाटो देखायौ । अँग्रेजीमा लेखिएको उक्त स्टाटसमा पूजाले अगाडी भनेकी छिन् तिमीले साँच्चिकै आजको दिन धेरै डिजर्भ गर्छौ ।

तिमीले मलाई ठूलो सपना देख्ने सबै कारणहरु दियौ र त्यसलाई प्राप्त गर्ने स्रोत–साधन पनि । तिमी मेरो जीवनको आशिष हौ । म तिम्रो विद्यार्थी हुनुमा अनुग्रहित छु । तिमीले मेरो उत्कृष्टतामा पुग्ने चुनौति दिएकोमा र मभित्र सिक्न हुटहुटी पैदा गराएकोमा धन्यवाद छ । ह्याप्पी गुरु पूर्णिमा काजी ।

पूजाले गुरु मानेका निर्देशक थापा र पूजा लामो समयदेखि नेपाली चलचित्रमा सहकार्य गर्दै आएका छन् । केही म्युजिक भिडियो खेलेकी पूजालाई सुदर्शनले चलचित्र ‘मधुमास’ मार्फत डेब्यू गराएर राम्रो स्थान दिए । सुष्मा कार्कीसँग ब्रेकअप भए लगत्तै पूजा र सुर्दशनको भेट भएको थियो ।

ब्रेकअपको पीडामा रन्थनिएका सुदर्शन पुजासँग छिट्टै अट्याच भए । त्यसपछि उनले निरन्तर आफ्ना फिल्ममा पुजालाई नै नायिका बनाइरहेका छन् । सुदर्शन र पुजा मिलेर केही फिल्म निर्माण पनि गरेका छन् । हाल सर्दशनले संचारकर्मी सुप्रिया कटवालसउँग विबाह गरिसकेका छन् भने पूना युद्ध बानिया नामक युवकसँग प्रेममा छिन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्