प्रतिनिधिसभाकोे उपसभामुख पद लोसपाले पाउने, प्रचण्ड र देउवाबिच यसअघि नै भएको थियो गोप्य सहमती



काठमाडौं २९ असार ।

प्रतिनिधिसभाकोे उपसभामुख पद लोकतान्त्रिक समाजवादीले पाउने भएको छ । विगत चार महिना देखि रिक्त रहेको पदमा यही शुक्रबार निर्वाचन हुने भएको छ ।

संसद सचिवालय श्रोतले दिएको जानकारी अनुसार सभामुख अग्नि सापकोटाले आजको संसद बैठकमा उपसभामुख चयनको कार्यतालिका सार्वजनिक गर्ने भएका छन् । संविधान अनुसार उपसभामुख विपक्षी दलबाट हुनुपर्ने व्यवस्था रहेको छ ।

जसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच उपसभामुख महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० लाई उपसभामुख दिने सहमति भइसकेको बुझिएको छ ।

तत्कालीन सभामुख शिवमाया तुम्बाहाम्फेले उपसभामुख पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त रहेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्