सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारमा छुट



काठमाडौं, २९ असार

सिद्धार्थ बैंक र पोखरास्थित अन्नपूर्ण केबल कारबीच बैंकका ग्राहकलाई केबलकारको टिकटमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख अमित श्रेष्ठ र अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरे ।

सम्झौताअनुसार केबलमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ प्रयोग गरी टिकट खरीद गर्दा १० प्रतिशतसम्मको छूट प्राप्त गर्न सकिनेछ । यसले ग्राहकलाई नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

त्यस्तै, सानिमा लाइफ र रिलायन्स लाइफ इन्सुरेन्सबीच मर्जरका लागि सम्झौता भएको छ । दुवै कम्पनीले असार २९ गते बुधबार काठमाडौंको होटल मेरियटमा आयोजित कार्यक्रममा मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । रिलायन्स लाइफ इन्सुरेन्सका सञ्चालक भरत कुमार तोदी र सानिमा लाइफ इन्सुरेन्सका सञ्चालक धनश्याम थापाले समझजारीपत्रमा हस्ताक्षर गरेका छन् ।

हाल सानिमा लाइफको २ अर्ब ८ करोड ४० लाख रुपैयाँ र रिलायन्स लाइफको २ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । बीमा समितिले जीवन बीमा कम्पनीको चुक्ता पुँजी न्यूनतम ५ अर्ब रुपैयाँ कायम हुनेपर्ने निर्देशन दिएपछि अहिले बीमा कम्पनीहरु धमाधम मर्जरमा जान थालेका छन् । गत असार १२ गते सूर्या लाइफ र ज्योति लाइफ इन्सुरेन्सबीच पनि मर्जर सम्झौता भएको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्