चलचित्र ‘चिट्ठी’ मा ‘टुटेको तारा’ बोलको गीत समावेश, गायक शिव परियारको आवाज



काठमाडौं । ‘टुटेको तारा’ बोलको गीत चलचित्र ‘चिट्ठी’ मा समावेश गरिएको छ । उक्त गीत सोमबार गायक शिव परियारको आवाजमा रेकर्ड भएको छ ।

एरा प्रोडक्सन प्रालिको व्यानरमा कमला जोशी निर्माता र निर्देशक माधवराज खरेलको निर्देशन रहेको सो चलचित्रको लागि उक्त गीत फाइन टियुन स्टुडियोमा रेकर्ड गरिएको खरेलले बताए ।

डा। कृष्णहरी बरालको शब्द, सञ्चारकर्मी एवं गायक, संगीतकार सरोज कोईरालाको संगीत, विश्व अधिकारीको एरेन्ज गीतमा रहेको छ ।

सञ्जित भण्डारी, कमेडी च्याम्पियनका सेकेण्ड रनरअप खड्ग बहादुर पुन ९खबपु०, गोपाल ढकाल ९छन्दे०, नबुजंग थापा, मुस्कान लामा, प्रवन भुषाल, कन्चन चालिसेका साथै शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल सौर्य दैनिकमा खबर छ । पौडेल, मोहन निरौला, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविल सिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, पुर्ण राई, राजु कार्की, रज्जु गुरुङ, मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारहरुको उक्त चलचित्रमा अभिनय रहेको निर्देशक खरेलले जानकारी दिए ।

काठमाडौं, काभ्रपलाञ्चोक, ललितपुर लगायतका जिल्लाका विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको चलचित्रको पोष्ट प्रोडक्सनको काम अन्तिम चरणमा पुगेको निर्मात्री कमला जोशीको भनाइ छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्