जाजरकोटमा ७८ वर्षीया वृद्धा बलात्कृत, ६२ वर्षीय पुरुष पक्राउ



जाजरकोट, २९ असार :

जाजरकोटमा ७८ वर्षीया वृद्धा बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा प्रहरीले शिवालय गाउँपालिका–३ चोरकम्द बस्ने ६२ वर्षीय पुरुषलाई सोमबार पक्राउ गरेको छ ।
गत शनिबार वृद्धालाई ती पुरुषले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिमाबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएर जिल्ला अदालत जाजरकोटबाट म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला :दाङ, झापा र सुर्खेतमा तीन जना मृत अवस्थामा फेला परेका छन् ।

दाङको लमही नगरपालिका–३ टिकुलीगढ बस्ने ६० वर्षीय टिकाराम चौधरी सोही ठाउँस्थित खेतमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

झापाको शिवसताक्षी नगरपालिका–११ स्थित पानी ट्यांकी जाने बाटोको जंगल नजिक चौतारीमा सोही नगरपालिका–८ बस्ने ५५ वर्षीय भरत राई मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ शान्तीटोल बस्ने ९० वर्षीया धनरूपा देवी दमाई घर नजिकै करेसाबारीमा मंगलबार साँझ मृत अवस्थामा फेला परेकी छन् ।

घरबाट निस्किएकी उनको खोजी गर्ने क्रममा घरकै करेसाबारीमा लडेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो ।

सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्