अन्तिम खेलमा एनआरटीको जित



काठमाडौैं, २९ असार:

प्रि-सिजनका लागि थाइल्यान्ड र मलेसिया भ्रमणमा पुगेको न्युरोड टिम एनआरटीले अन्तिम खेलमा जित निकालेको छ ।

बुधबार भएको अन्तिम खेलमा एनआरटीले थाइल्यान्डको थोनबुरी युनाइटेडलाई २१ अन्तरले पराजित गरेको हो । एनआरटीको जितमा विदेशी खेलाडी मेसौउके र दीपेश घलेले एक-एक गोल गरे ।

खेलमा अग्रता भने थोनबुरीले लिएको थियो । उसका किटिपोङ सइङपोङले ३२औं मिनेटमा अग्रता दिलाए । तर, मेसौउकेले ५३औं मिनेटमा बराबरी गोल फर्काए । पाएको पेनाल्टी सदुपयोग गर्दै दीपेशले ७६औं मिनेटमा विजयी गोल गरे ।

यो खेलसँगै मलेसिया र थाइल्यान्डमा रहेको एनआरटीको प्रि-सिजन सकिएको छ । उसले यस क्रममा पाँच खेल खेल्यो । अघिल्ला चारै खेलमा एनआरटी पराजित भएको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्