अनाठो घटना : यसरी आफ्नै मालिकका लागि यमराज साबित भयो भैँसी



काठमाडौं ।

मालिकका लागि भैँसी यमराज साबित भएको छ । डोरीमा हात अड्काएर घिसारेपछि मालिकको मृत्यु भएको हो । भारत, कमला गाउँका एक किसानको भैँसी उनका लागि ‘यमराज’ साबित भएको छ ।

बिहान किसानले गोठबाट भैँसी निकाल्दै गर्दा एक्कासी भैँसी दौडिन थालेपछि किसानको हात भैँसी घाँटीमा बाँ धिएको डो रीमा फ सेको थियो । भैँसीले किसानलाई धेरै टाढासम्म तान्यो, दुर्घटनामा किसान गम्भीर घाइते भए, गाउँलेले अस्पताल लगे तर डाक्टरले मृत घोषणा गरेका हुन् ।

जानकारी अनुसार कालाढुङ्गी क्षेत्रको कमला गाउँमा ५० वर्षीय जगत सिंह आफ्नो परिवारसँग बस्दै आएका थिए । जगत सिंह बिहान उठ्नेबित्तिकै बाहिर गोठमा बाँधिएका जनावरलाई बाँध्न बाहिर ल्याइरहँदा भैँसी एक्कासी दौडिन थाल्यो र उनको हात बाँ धिएको डो रीमा फ सेको थियो ।

भैँसीले जगत सिंहलाई धेरै टाढासम्म तान्यो, दुर्घटनामा जगत सिंह गम्भीर घाइते भए, गाउँलेले अस्पताल लगेँ । तर चिकित्सकले मृत घोषणा गरेका हुन् । दुर्घटनापछि परिवारमा शोक छाएको छ । यतिबेला यो घटना अहिले त्यस क्षेत्रमा चर्चाको विषय बनेको छ ।

त्यसैगरि दाङ, झापा र सुर्खेतमा तीन जना मृत अवस्थामा फेला परेका छन् । दाङको लमही नगरपालिका–३ टिकुलीगढ बस्ने ६० वर्षीय टिकाराम चौधरी सोही ठाउँस्थित खेतमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

झापाको शिवसताक्षी नगरपालिका–११ स्थित पानी ट्यांकी जाने बाटोको जंगल नजिक चौतारीमा सोही नगरपालिका–८ बस्ने ५५ वर्षीय भरत राई मंगलबार मृत अवस्थामा फेला परेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ शान्तीटोल बस्ने ९० वर्षीया धनरूपा देवी दमाई घर नजिकै करेसाबारीमा मंगलबार साँझ मृत अवस्थामा फेला परेकी छन् ।

घरबाट निस्किएकी उनको खोजी गर्ने क्रममा घरकै करेसाबारीमा लडेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्