आठजना विद्यार्थीलाई यौ न दुर्व्यवहार गरेको आरोपमा ४० बर्षिया शिक्षक चन्द्रकुमार राई पक्राउ



धनकुटा

यौ न दुर्व्यवहार गरेको आरोप लागेपछि धनकुटा नगरपालिका-८ सान्ताङ स्थित देउराली माविका शिक्षक चन्द्रकुमार राई (एवाई) लाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

राईले आफ्नै विद्यालयका कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरू माथि यौ न दुर्व्यवहार गरेको भन्दै प्रहरीमा असार २६ गते उजुरी परेको थियो । असार २१ गते मङ्गलवार विद्यार्थी माथि यौ न दुर्व्यवहार गरेको घटना पछि शिक्षक राई फरार रहेका थिए ।

राई माथि विद्यालयका ११ देखि १५ वर्षका ८ जना विद्यार्थीहरूलाई यौ न दुर्व्यवहार गरेको अभियोग लागेको छ । प्रहरीले असार २६ गते राति ९ बजे विद्यालय हाताबाटै शिक्षक राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए ।

फरार शिक्षकलाई घटनाबारे विद्यालयमा छलफल गर्न योजनाबद्ध ढङ्गले बोलाएर छात्रछात्रा र अभिभावकहरूले घेराउ गरेर राखिएको अवस्थामा प्रहरीले पक्राउ गरेको एसपी अधिकारीले बताए । राईले विद्यालयका ११ वर्ष देखि १५ वर्ष उमेर समूहका छात्राहरूलाई मैयाँ भनेर जिस्क्याउने, ब्राको इलास्टिक तन्काई दिने, संवे दनशील अ ङ्गमा छुने, गालामा चिमोट्ने, कम्मरमा समातेर आफूतिर तान्ने, अ श्लील शब्द प्रयोग गर्ने लगायतका क्रियाकलाप गरेको प्रहरीमा परेको उजुरीमा उल्लेख छ ।

धनकुटाको सहिदभूमी गाउँपालिका-३ कुङलाङ घर भएका ४० बर्षिया राई २०६५ सालदेखि उक्त विद्यालयमा राहत दरबन्दीमा कार्यरत थिए । शिक्षक राईले विगत १ वर्षदेखि त्यस्तो व्यवहार गरेको र पछिल्लो समय असार २१ गते बालिकाहरू विद्यालयमा एक शिक्षिकाको जन्मदिन मनाउने क्रममा एक छात्रालाई यौन दुर्व्यवहार गरेपछि घटना बाहिरिएको हो ।

शिक्षक राईलाई बालयौ न दुरुपयोग मुद्दामा प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । सो विषयमा मुलुकी ऐन अपराध संहिता २०७४ को दफा २२५ अन्तर्गत कसुरमा अदालत समक्ष मुद्दा अघि बढाइने प्रहरीले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्