यमबुद्धको शालिक बनाउने बालेन शाहको निणर्यले सामाजिक संजाल तातेका बेला बोले विष्णु पौडेल, अब के हुन्छ ?



काठमाडौं ३० असार ।नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले र्‍याप गायक यमबुद्धको शालिक बनाउन गरेको निणर्य स्वागत योग्य भएको बताएका छन् ।नेता पौडेलले सामाजिक सञ्जाल मार्फत नेपाली माटोमा जन्मिएका हिप हप गायन विधाका विख्यात नक्षत्र यमबुद्धको प्रतिमा (शालिक) निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य भएको बताएका हुन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र आ-आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो उनले भनेका छन् ।मेयर साहले गरेको यमबुद्धको शालिक बनाउने विषयलाई लिएर चौतर्फी चर्चा भएको छ ।

कोहलपुरमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु :बाँकेको कोहलपुर नगरपालिका–११ मा हिजो साँझ बस र मोटरसाइकल आपसमा ठोक्किँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय ६० वर्षीय राम बहादुर थापा रहेका छन् । गम्भिर घाइते भएका उनको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो ।

भे १ क १२५ नम्बरको बस र भे ४ प ३२५३ नम्बरको मोटरसाइकल हिजो साँझ ६ बजे ठोक्किएका थिए ।

दुर्घटनामा संलग्न दुवै सवारी साधन सहित बस चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्