सात वर्षदेखि प्रेम सम्बन्धमा रहेका अभिनेता रेमनदास श्रेष्ठले विदेशी प्रेमिकासँग गरे बिवाह



काठमाडौं :

अभिनेता रेमनदास श्रेष्ठ बिवाह गरेका छन् । टेलिभिजन पर्सनालिटी समेत रहेका श्रेष्ठले बिहीबार काठमाडौंको एक रेस्टुरेन्टमा विदेशी प्रेमिकासँग परम्पराअनुसार विवाह गरेका हुन् । उनले प्रेमिका जेना मुड्रासँग विवाह गरेका हुन् ।

हिन्दू परम्पराअनुसार भएको बिहेमा जेना दुलही पहिरनमा अत्यन्तै सुन्दर देर्खिएकी थिइन् । विवाह समारोहमा उनी निकट अन्य कलाकार र परिवारको उपस्थिती रहेको थियो । सात वर्षदेखि प्रेम सम्बन्धमा रहेका रेमन र जेना ले प्रेमलाई बिहेमा परिणत गरेका हुन् ।

चर्चित टीभी रियालिटी शो हिमालय रोडिजका उनी होस्ट समेत रहेको रेमन ले जाइरा, द ब्र्रेकअप, जालो, आधा लभ, मेघा, कर्कश र भिजा गर्ल फिल्ममा अभिनय गरेका छन् । शनिबार चितवनको कुरिनटारमा रिसेप्सन पार्टी आयोजना गरिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्