सेवाग्राहीको मोटरसाइकलको हावा सुटुक्क खोल्ने प्रहरी हवलदार राजकुमारमाथि छानबिन हुने



सप्तरी, ३० असार :

मालपोत तथा भूमिसुधार कार्यालय राजविराजका सेवाग्राहीहरूको मोटरसाइकलको हावा खोल्ने प्रहरी हवलदार राजकुमार धामीमाथि प्रहरीले अनुसन्धान थालेको छ । मोटरसाइकलको हावा खोलेर सेवाग्राहीलाई दुःख दिएको देखिएकोले घटनामा संलग्न प्रहरी हवलदारमाथि छानबिन सुरु गरिएको र अनुसन्धान टोली खटाएर स्पष्टीकरण सोधेको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले जानकारी दिए ।

उनका अनुसार अनुसन्धान टोलीको प्रतिवेदन आउनसाथ थप कारबाही अघि बढाइनेछ । तोकिएको पार्किङमै राखेको प्रेस लेखिएको मोटरसाइकलको मात्र हावा खोल्नु दुःखद् घटना भएको बताउँदै एसपी काफ्लेले कानुनविपरीत कार्य गर्ने हवलदार धामीलाई कारबाहीको दायरमा ल्याउने बताए । नेपाल पत्रकार महासंघ सप्तरीले यसबारे एसपी काफ्लेको ध्यानाकर्षण गराएको थियो ।
अपर सोलु हाइड्रोको आइपीओ बाँडफाँट:”अपर सोलु हाइड्रोको आइपीओ बिहीबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत एक लाख ८२ हजार ४७ जना सर्वसाधारण लगानीकर्ताले सेयर पाएका छन् । जसमध्ये पाँचजनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् ।

आइपीओमा कुल १४ लाख ४६ हजार ९८५ जनाले आवेदन दिएकामा एक हजार ७९१ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जानकारी गराएको छ ।

अपर सोलु हाइड्रोले २० देखि २३ असारसम्म सर्वसाधारणका लागि १९ करोड ५७लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

यसमध्ये ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोष र ३९ हजार १५० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्