नायिका आँचलले बिहेमा लगाएको लेहेङ्गाको चर्चा पछि नीताले गलामा २५ लाखको हारको चर्चा



काठमाडौँ :

नायिकाद्धय केकी अधिकारी र वर्ष शिवाकोटीले हल्ला खल्ला नगरी सुटुक्क विबाह गरे ।

उनीहरुको विबाहमा न त कपडाको चर्चा भयो न त सुन चाँदी र गहनाको हल्ला नै । वर्षा र केकीको विबाह हल्ला खल्ला नै नगरी सम्पन्न हुँदा अहिले नायिका नीता ढुंगानाको हारको चर्चा चलेको छ ।

पार्टीमा नीताले लगाएको हार २५ लाखको भएको चर्चा छ । यसले, नीताको पार्टी र अतिथीको भन्दा उनको हारको चर्चा चुलिएको छ । त्यस्तै केही बर्ष अगाडि डाक्टर उदिप श्रेष्ठसँग बिहे गर्दा नायिका आँचल शर्माको लेहेङ्गाले व्यापक चर्चा कमाएको थियो ।

आँचलले बिहेमा लगाएको लेहेङ्गाको मुल्य १६ लाख भन्ने खबर बाहिरिसँगै यसको चर्चा चुलियो । आँचललाई बिहेको पार्टीमा हेलिकप्टरबाट ल्याउनदेखि महंगो लेहेङ्गा बनाइदिने कुरामा उदिपले कुनै कसर बाँकी राखेनन् । यसैले, आँचलको बिहे र पार्टीको भन्दा बढी चर्चा उनको लेहेङ्गाको भयो ।

बुधबारको एक अन्तरवार्तामा पति पत्निसहित गएका नीता र उनका पति हरिहरले आफ्नो क्षमता अनुसार गरगहना बनाएको प्रतिक्रिया दिएका थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्