४ वर्ष पहिले पहिले क्यान्सर लागेर आफुलाई निको बनाइदिएको हस्पिटल पुगिन् बलिउडकी नायिका सोनाली बेन्द्रे



एजेन्सी :

बलिउडकी चर्चित नायिका हुन् सोनाली बेन्द्रे । उनले बलिउडमा धेरै फिल्ममा सफल अभिनय गरेकी छन् । ४ वर्ष पहिले क्यान्सर जस्तो प्राणघातर रोगबाट गुज्रिरहेकी उनीे अहिले क्यानसर जितेर पूण रुपमा निको भइसकेकी छन् ।

सोनाली लाई २०१८ मा मेटास्टेटिक क्यान्सर भएको पत्ता लागेपछि उनले अमेरिकाको न्युयोर्कमा उपचार गराएकी थिइन् । अहिले क्यान्सर जिते पछि उनले आफुले उपचार गरेर निको भएको अस्पताल भिजिट गर्न पुगेकी छन् ।

हस्पिटल भित्रको भिडियो सेयर गरेकी उनले अस्पताललाई पुनं धन्यबाद व्यक्त गरेकी छन् ।सोनाली पछिल्लो समय डीआईडी लिटिल मास्टरमा जजको रुपमा देखिएकी थिइन् ।

अपर सोलु हाइड्रोको आइपीओ बाँडफाँट:अपर सोलु हाइड्रोको आइपीओ बिहीबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत एक लाख ८२ हजार ४७ जना सर्वसाधारण लगानीकर्ताले सेयर पाएका छन् । जसमध्ये पाँचजनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् ।

आइपीओमा कुल १४ लाख ४६ हजार ९८५ जनाले आवेदन दिएकामा एक हजार ७९१ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जानकारी गराएको छ ।

अपर सोलु हाइड्रोले २० देखि २३ असारसम्म सर्वसाधारणका लागि १९ करोड ५७लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

यसमध्ये ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोष र ३९ हजार १५० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्