रिया र भाइविरुद्ध उजुरी दायर गरियो, दोषी देखिए रियालाई १० वर्ष जेल सजाय हुने



काठमाडौं:

बलिउड अभिनेता सुशान्तसिंह राजपुत प्रकरणमा सुशान्तकी प्रेमिका रिया चक्रवर्ती, भाइ शोविक चक्रवर्ती र अन्यलाई आरोपी बनाएर आज ३५ आरोपीविरुद्ध अदालतमा आरोपपत्र दायर गरिएको छ ।

आरोपित ३५ जना विरुद्ध नै लागूऔषध खरिद गर्ने र आपूर्ति गर्ने आरोप लगाइएसँगै सुशान्तकी प्रेमीका भनिएकी रिया झनै अप्ठ्यारोमा परेकी छिन् ।

मार्च २०२० र डिसेम्बर २०२० को बीचमा एक आपराधिक षड्यन्त्र रचेको आरोप एनबिसीले लगाएको छ । जसअनुसार बलिउड र सम्भ्रान्त वर्गमा नशालु पदार्थ बिक्री गर्न सकियोस् भन्ने षड्यन्त्र रचिएको एनसीबीको दाबी छ ।

अवैध ट्राफिकिङ र अपराधीलाई शरण दिने, अपराधको प्रयास गर्ने र अपराध गर्न उक्साउने लगायतका विषय आरोप पत्रमा समेटीएका छन् ।

आरोपमा दोषी पाइए उनलाई १० वर्षको सजाय हुने जनाइएको छ । आगामी जुलाई २७ मा एनसीबीको उजुरीमाथि सुनुवाइ हुँदैछ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्