नयाँ पार्टी खोल्दै बाबुराम



काठमाडौं :

अन्ततः जनता समाजवादी पार्टी (जसपा) दोस्रोपटक विधिवत रुपमा फुट्ने भएको छ । जसपाको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनीनिकट नेताहरु नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका हुन् ।

‘अब हामी नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका छौं’, जसपाका कार्यकारिणी समितिका सदस्य प्रशान्त सिंहले भने, ‘उपेन्द्र यादवले स्वयं संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईलाई नै कारबाही गर्नुहुन्छ भने उहाँसित सँगै बस्ने सबै विकल्प समाप्त भएका छन् । ‘आजको नागरिकदैनिकमा प्रकाशित छ ।

काठमाडौंमा बसेको जसपाको विस्तारित केन्द्रीय समितिको बैठकपछि आफूहरु यस्तो निष्कर्षमा पुगेको उनले बताए । पार्टीको नाम, चुनाव चिह्न, झण्डा र घोषणापत्रबारे शुक्रबारबाट गम्भीर छलफल सुरु हुने नेता सिंहले बताए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्