४७७ जनामा मङ्कीपक्स सङ्क्रमणको पुष्टि



एजेन्सी :
क्यानाडाको जनस्वास्थ्य एजेन्सीले बुधवारसम्म देशमा कुल ४७७ जना मङ्कीपक्स सङ्क्रमण भएको पुष्टि गरेको छ।
एजेन्सीका अनुसार क्युबेकमा २८४, ओन्टारियोमा १५६, ब्रिटिश कोलम्बियामा २९ र अल्बर्टाका आठ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

राष्ट्रिय माइक्रोबायोलोजी प्रयोगशालाले मङ्कीपक्स निम्त्याउने भाइरसको निदानात्मक परीक्षण गरिरहेको बताएको छ। नेपाल समचारपत्रमा खबर छ । मङ्कीपक्सले व्यापक सङ्क्रमण निम्त्याउन सक्ने र यो रोग सामान्यतया मध्य र पश्चिम अफ्रिकाको जङ्गली भागहरूमा बढ्ता पाइएको बताइएको छ ।

‘पुष्पाः द रुल’मा अल्लू अर्जुनको पारिश्रमिक सय करोड:सन् २०२१ को डिसेम्बरमा रिलिज फिल्म ‘पुष्पाः द राइज’को सफलतापछि अभिनेता अल्लू अर्जुनको लोकप्रियताले नयाँ उचाइ थपेको छ । यो फिल्मको सफलतापछि निर्माताहरु यसको सिक्वेल ‘पुष्पा २’को सुटिङ सुरु गरिसकेका छन् । निर्माताहरूले अघिल्लो संस्करणभन्दा नयाँ फिल्मको निर्माणमा कुनै कसर बाँकी राखेका छैनन् ।

यही लोकप्रियताका कारण अल्लूले आफ्नो पारिश्रमिकमा दोब्बर बढाएका छन् । अल्लूले ‘पुष्पाः द राइज’का लागि ५० करोड पारिश्रमिक लिएका थिए । तर यसको सिक्वेलका लागि भने उनले सय करोड पारिश्रमिकको माग गरेका छन् ।

अल्लूमात्र होइन, ‘पुष्पा’ निर्देशक सुकुमारले पनि सिक्वेलका लागि पारिश्रमिक बढाएका छन् । ‘पुष्पाको सिक्वेलका लागि अल्लू अर्जुनले करिब सय करोड पारिश्रमिक मागेका छन् । तेलुगू फिल्म उद्योगमा यो नयाँ रेकर्ड हो’, फिल्म निकट स्रोतले भनेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्