अमरनाथ यात्रा ‘स्मार्ट’ मेकओभरको साथ फेरि सुरु



श्रीनगर :

हिमालयको काखमा बरफ लिङ्गको रुपमा भगवान शिवको दर्शन गर्न ३० जुनमा लाखौं भक्तजनको यात्रा सुरु भएको थियो । आधार शिविरबाट २ हजार ७५० तीर्थयात्री शेषनाग र पाँचटर्नीमा रात्रि बिराम लगाएर करिब तीन दिन पैदल यात्राका लागि प्रस्थान गरेका छन् ।

जम्मू र कश्मीर प्रशासनले यस वार्षिक कार्यक्रमलाई तीन वर्ष को स्थगन पछि खुल्ला गरेको हो । यस वर्ष छ लाख भन्दा बढी तीर्थयात्रीहरूको अपेक्षा गरिएको छ। यस वर्षको सुरुदेखि नै उपराज्यपाल मनोज सिन्हाले यात्रालाई सहज र सुरक्षित बनाउन संयन्त्र निर्माण गर्दै आएका छन् ।

तीर्थयात्रा परम्परा अनुसार भदौ ११ गते रक्षाबन्धनको दिनसम्म ४३ दिनसम्म चल्नेछ । एलजीले व्यक्तिगत रूपमा यात्राको सबै व्यवस्थाको निरीक्षण गरिरहेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्