सौतनी आमा भएपछि साराले करिना कपुरलाई गर्छिन असाध्दै माया



एजेन्सी:

बलिउडमा सधै जसो लाइमलाइटमा आइरहने नायिका हुन् करिना कपुर हुन् । कहिले नयाँ लुक्स , कहिले आफ्नो फ्याम्ली त कहिले आफ्नो फिल्मका कारण लाइमलाइट बनिरहन्छिन् ।
उनको यस्तो काम र चर्चामा उनकी सौतेनी छोरी सारा अली खान पनि फिदा छिन् ।

साराले सिद्धार्थ खन्नालाई दिएको एक अन्र्तवार्तामा आमा करिना कपुरको खुलेर प्रशंसा गरेकी छन् । उनले करिना एक अच्छा कलाकार भएको र आफ्नो काम प्रति सधै लगाब रहने बताएकी छन् । उनले दुई वटा बच्चाकी आमा भइकन आफ्नो परिवार काम भविस्यलाई राम्रो तरिकाले म्यानेज गर्न सक्ने खुबै आफुलाई असाध्यै मन पर्ने साराले बताएकी छन् ।

करिना पछिल्लो समय फिल्म लाल सिंह चढ्ढालाई लिएर व्यस्त छिन् । जसमा उनी आमिर खानसँग देखा परेकी छन् ।

अवितरित हकप्रद शेयर बाँडफाँट:हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले बोलपत्रद्वारा निष्कासन गरेको संस्थापक समूहतर्फको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले शुक्रवार एक सूचना जारी गर्दै हकप्रद शेयर बाँडफाँट गरेको जानकारी गराएको हो ।

बाँडफाँटमा नपरेको शेयर बापतको रकम आवेदन फारममा उल्लेख गरेको खाता नम्बरमा साउन १ गतेदेखि जम्मा गरिने विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जानकारी दिएको हो ।

कम्पनीले असार ५ गतेदेखि १९ गतेसम्म ३ करोड ३० लाख कित्ता अवितरित हकप्रद शेयर गोप्य शिलबन्दी बोलपत्रद्वारा विक्री खुला गरेको थियो । उक्त शेयरको कटअफ मूल्य १०० रुपैयाँ रहेको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्